काठमाडौं, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले राष्ट्रियसभामा मनोनित हुन लागेका नेकपाका उपाध्यक्ष वामदेव गौतम निर्भिक र निडर नेताको संज्ञा दिएका छन् । गौतम पटक–पटक मन्त्री भइसकेको व्यक्ति भएकोले राष्ट्रियसभा सदस्य बन्नु राम्रो हुने उनको बताए ।
शुक्रबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली र उपाध्यक्ष गौतमबी केमेष्ट्री मिलेको वा नमिलेको भन्नेबारे आफूले केही पनि नबोल्ने स्पष्ट पारे ।