सुनिल आचार्य ( चिन्तक)
लग लग काप्छ शरिर मेरो पोलेको छ छाति
जता हेर्छु उतै देख्छु बेरोजगारी ताति |
कसो गरी चल्लार खै जिबन ढाल्नै गारो
महङ्गिले आकाश छोयो चुलो बाल्नै गारो |
यूवा बिहिन भयो गाउँ घर बाजियो खेत बारी
आत्मनिर्भर छैन देशमा परनिर्भर भारी |
कहिले सम्म चल्छ जिवन परनिर्भर मुखि
यै अवस्था रह्यो भने कैले हुनि सुखि |
जवानिको जोस जागर बिदेशिको दास
लाग्न छाड्यो आफ्नै देशको सासकको आस |
सासन गर्नि शासकहरु आफ्नै भुँडी भर्छन
सत्ताकै छ लुछा चुडी बिकास कैले गर्छन |
आफ्नै मान्छे भरेका छन भर्ति केन्द्र भरी
गाउ देखि सहरसम्म तिनकै छ मनपरी |
घर नछोडौ भोलि देखि छोड्छ चुलो बल्न
घर छोडौत घरकै पिरले थाल्छ मुटु जल्न
बुडी आमा बुडा बाबा साना केटा केटि
प्यारीनि रुदै होलिन मैले छोडे देखि |
कति वर्ष पर्खाइ राखौं आउँछु आउँछु भन्दै
बसेका छन बाटो हेरी फर्कने दीन गन्दै
बाध्यताले मुग्लानिया हुन परेको छ
तस्बिर हेर्दै आँशु झार्दै रुन परेको छ
पेट पाल्नकै खातिर कति हुनु परदेशी
मुटु भरी देशको मायाँ आँखामा गाऊ बेसी
दुख सधै भित्र भित्रै लुकाउन पर्यो
रुन्न रुन्न भन्दा भन्दै आँशु त्यसै झर्यो |