ललितपुर, २० भाद्र । अल्का अस्पतालमा कार्यरत सफाई कर्मचारी तीन दिनयता वेपत्ता भइन् । उनको खोजीका लागि परिवारले प्रहरीमा उजुरी गर्यो । तीनदिनपछि उनको शव फेला पर्यो ।
भैंसेपाटीमा परिवारसँग बस्दै आएकी गीता केसीको शव लेलेको मुलडोलस्थित सामुदायिक बनमा फेला परेको हो । विहान शव फेला परेपछि परिवारले उनको सनाखत गरेका थिए । प्रहरीका अनुसार उनको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ ।
३९ वर्षीया गीता केसीको भतिजा निर्मल केसीलाई अनुसन्धानका लागि भन्दै पक्राउ गरिएको छ । उनीमाथि हत्या गरेको आशंका गरिएको छ ।
शव पोष्टमार्टममा लागि पाटन अस्पताल लगिएको छ । हत्या आरोपी युवकसँग बयान लिएपछि प्रहरीले कारणबारे जानकारी गराउने भएको छ ।