Logo

मस्जिदमा एयर कन्डीसनरबाट आगलागी हुँदा १२ को मृत्यु, दर्जनौ घाइते



२० भदौ: बंगलादेशमा रहेको एक मस्जिदमा भएको आगलागीमा परेर कम्तीमा १२ जनाको मृत्यु भएको छ । एयर कन्डीसनरबाट भएको आगलागीको घटनामा परी डढेर अरु दर्जनौ घाइते पनि भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

उनीहरुले शनिबार बिहान दिएको जानकारीअनुसार देशको नारायणगञ्ज जिल्लामा रहेको मस्जिदमा शुक्रबार राती आगलागी भएको हो । डढेको तथा प्लाष्टिक सर्जरी सम्वन्धी केन्द्रिय कार्यालयका संयोजक समानता लाल सेनले कम्तीमा १२ जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।

उनका अनुसार कम्तीमा ३७ जना जलेर घाइते भएका छन् । डढेर घाइते अवस्थामा अस्पतालमा उपचार भइरहेका मध्ये ३५ जनाको अवस्था गम्भीर रहेको पनि उनले जानकारी दिए । घाइते मध्ये अधिकांश ६० देखि ७० वर्षसम्ममा रहेका छन् । स्थानीय समयानुसार शुक्रबार राती नौ बजेतिर आगलागी भएको हो ।

अधिकारीहरुले ग्यास चुहावतको कारण भुई तलामा रहेको सवै आठ ओटै एयर कन्डीसनरमा आगलागी भएको बताएका छन् । घटना भएको बेला मस्जिदमा झण्डै एक सय जना भक्तजनहरु प्रार्थनाका लागि आएका थिए । घटनाका बारेमा अनुसन्धान सुरु भइसकेको सुरक्षाकर्मीहरुले जानकारी दिएका छन् ।-एएनआई/Photo:Agency



प्रतिक्रिया दिनुहोस्