काठमाडौं, २० भाद्र । कोरोना भाइरसको संक्रमणबाट आज थप ९ जनाको मृत्यु पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ३ महिला र ६ पुरुषको मृत्यु पुष्टि गरेका हुन् ।
आज थपिएका ९ जनासँगै संक्रमणबाट कुल २ सय ८० जनाको मृत्यु भएको छ । मृतकमध्ये २ सय ३ पुरुष र ७७ महिला छन् ।
देशमा दिनहुँ मृतक थपिने क्रम जारी छ । मुख्य शहरहरुमा निषेधाज्ञाको बाबजुद मृतक संख्या थपिनुले स्थिति गम्भीर बन्दै गएको छ ।