Logo

काठमाडौंमा तीन पुरुषको कोरोना संक्रमणबाट मृत्यु (विवरणसहित)



काठमाडौं, २० भाद्र । कोरोना भाइरसको संक्रमणबाट काठमाडौंमा आज तीनजना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेहरु ४१, ५९ र ६५ वर्षका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उनीहरुको विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिएका हुन् । पछिल्लो समय काठमाडौंमा संक्रमित संख्या थपिने र मृतकको संख्या पनि थपिने क्रम जारी छ ।

उपत्यकामा निषेधाज्ञा जारी गरिएपनि संक्रमित र मृतक संख्या घटेको छैन ।

मृतकको विवरण
१. काठमाडौंका ४१ वर्षीय पुरुष
२. काठमाडौंका ५९ वर्षीय पुरुष
३. काठमाडौंका ६५ वर्षीय पुरुष



प्रतिक्रिया दिनुहोस्