Logo

मच्छिन्द्रनाथको रथ तान्नेलाई प्रहरीले रोक्दा भएको झडपको विश्वभर चासो



काठमाडौं, २० भाद्र । सँसारकै लामो जात्रामध्येको मच्छिन्द्रनाथको रथ तान्ने जात्राको विशेष महत्व छ । यसको धार्मिक तथा सांस्कृतिक महत्व छ । यसपटक कोरोना भाइरसको जोखिम रोकथामका लागि निषेधाज्ञा जारी भएकाले रथयात्रा गर्न सरकारले अनुमति दिएन ।

झण्डै १४ सय वर्षयता मच्छिन्द्रनाथको रथ तान्ने परम्परा चल्दै आएको छ । यसपटक महामारीले गर्दा सरकारले रथ तान्ने जात्रातर्फ खासै ध्यान दिएन । तर, स्थानीयले भने आक्रोश देखाए । बिहिबार रथ तान्न रोक्न खोज्द ठुलो समुहले आक्रोश पोख्दै प्रहरीमाथि ढुंगामुढा गरेको थियो ।

बिहिबार पुल्चोकमा मच्छिन्द्रनाथको रथ तान्ने क्रममा भएको झडपप्रति सँसारभर चासो भएको छ । अमेरिका, भारत, युरोप, अरबी देशहरुमा सञ्चालित मिडियाले यो खबर प्रकाशत तथा प्रशारण गरेका छन् । न्युयोर्क टाइम्स, अलजजिरा, एएनआई, वासिङ्टनपोष्ट, वाउटलुक इन्डियालगायतले समाचार प्रकाशन गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्