Logo

प्रदेश २ को कोरोना कोषमा थप १० करोड निकासा



जनकपुर, भदौ २१। प्रदेश २ सरकारको कोरोना कोषमा थप १० करोड रुपैयाँ निकासा गरिने भएको छ ।

प्रदेश संकट व्यवस्थापन केन्द्र ९पीसीएमसी०को शुक्रवारको बैठकले कोेरोना रोकथाम तथा नियन्त्रण कोषमा १० करोड रुपैयाँ थप निकासा गर्ने निर्णय गरेको हो ।

यसअघि प्रदेश सरकारले २५ करोड रुपैयाँको कोष स्थापना गरेको थियो । कोभिड–१९ नियन्त्रण तथा उपचार प्रयोजनका लागि रकम अभाव भएपछि थप १० करोड निकासा गर्ने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्