Logo

यस्तो छ आजको मौसम पूर्वानुमान



काठमाडौं, भदौ २१ । हाल पुर्वी र मध्य भू–भागमा नेपाल नजिक रहेको तथा मनसुनको न्युन चापीय रेखा पश्चिम सर्ने क्रममा रहेको छ ।

उक्त प्रभावका कारण प्रदेश १ र २ मा पूर्ण बदली रही बाँकि प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ । साथै प्रदेश १, प्रदेश २, बागमाती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ ।

आज दिउँसो देशभरको मौसममा सामान्यतया बदली रहि केहि स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै प्रदेश १, बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै रातीसम्म देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साथै प्रदेश १ , प्रदेश नं २, बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना महाशाखाले उल्लेख गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस्