Logo

भारत बन्यो विश्वको दोस्रो बढी कोरोना सक्रमित भएको देश



एजेन्सी, २१ भाद्र । ब्राजिललाई उछिन्दै भारत विश्वकै दोस्रो बढी कोरोना भाइरसको संक्रमित भएको मुलुक बनेको छ । शनिबार एकै दिन ९० हजार संक्रमित थपिएपछि भारतले ब्राजिललाई उछिनेको हो ।

टाइम्स अफ इन्डियाका अनुसार भारतमा ४० लाख भन्दा बढी मानिस संक्रमित भइसकेका छन् । एकै दिन एक लाखको हाराहारीमा संक्रमित थपिने थालेपछि भारत विश्वकै सबैभन्दा बढी संक्रमित संख्या भएको मुलुक बन्ने गतितर्फ बढेको छ ।

भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक उल्लेख गर्दै टाइम्स अफ इन्डियाले कुल ४१ लाख १३ हजार ८ सय संक्रमित मध्ये ८ लाख ६२ हजार ३ सय सक्रिय केसहरु रहेको र ३१ लाख ८० हजार ८ सय संक्रमणमुक्त भएको जनाएको छ । भारतमा संक्रमणबाट ७० हजार ६ सय २६ जनाको मृत्यु भइसकेको छ ।-File Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्