Logo

भागबण्डाको लागि केपी ओलीसँग कमण्डलु बोकेर कांग्रेस नेताहरु जानुहुँदैन् : डा. भण्डारी (भिडिओसहित)



काठमाडौं, २१ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवासँग आफ्नो केही कुरामा चित्त दुःखाई भएको बताएका छन् । शनिवार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । जनताको आवाज मुखरित गर्ने बेलामा भागबण्डाको कुरा किन आउँछ ? भन्दै उनले प्रश्नसमेत तेर्साएका छन् । उनले यो बेलामा कांग्रेसका कोही पनि नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीसँग भागबण्डाको लागि कमण्डलु बोकेर जान नहुने मत राखेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्