काठमाडौं, २१ भदौ । चिकित्सक डा. सागरकुमार राजभण्डारीले कोरोनाबाट बच्नको लागि एस.एम.एस. विधि अपनाउनुपर्ने बताएका छन् । उनकाअनुसार एस. भनेको सोसल डिस्ट्यान्स मेन्टेन गर्नु, एम. भनेको मास्क लगाउनु र अर्को एस. भनेको स्यानिटाईजर गर्नु नै रहेको छ । प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. राजभण्डारीले यस्तो बताएका हुन् । प्रस्तुत छ पत्रकार धमलाले डा. भण्डारी र हरि ढकालसँग गरेको कुराकानीको भिडिओ :