Logo

मुल्यसुची नराख्ने चारवटा पसलमाथि कारबाही



वीरगंज, २१ भदौ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्सा र जिल्ला प्रशासन कार्यालय पर्साले आइतवार बजार अनुगमन गरी वीरगंजका चारवटा पसलेलाई कारबाही स्वरुप जरिवाना तिर्न लगाएको छ । वीरगंज महानगर–९ पानीगल्ली र रानीघाटका सुत्रिता टेडर्स एन्ड सप्लायर्सलाई रु ५० हजार, न्यू सन्तोष जनरल स्टोर र जय पान पसल सेन्टर र रानीघाटमा रहेको न्यु हरिओम किराना पसललाई जनही रु २०/२० हजार जरिवाना गरेको वाणिज्य कार्यालय पर्साले जनाएको छ ।

मूल्यसूची नराखेको, बिक्री बिल उपलब्ध नगराएको र म्याद नाघेका खाद्य पदार्थ सञ्चय गरी राखेको कसूरमा ती पसलहरुलाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा २८ बमोजीम कारबाही गरिएको जिप्रका पर्साले जनाएको छ । महामारीको समयमा खाद्य वस्तुहरुको कालोबजारी तथा मूल्यवृद्धि नगरी बिक्री वितरण नगर्न पसलहरुलाई चेतावनीसमेत दिएको जिप्रका, पर्साले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्