Logo

मोटरसाइकल चलाइरहेकाको घाटी रेटी हत्या



झापा, २१ भाद्र । कर्द प्रहार गरी हत्या गरेको अभियोगमा मन कुमार लिम्बु पक्राउ परेका छन् । शिवसताक्षी नगरपालिकाका गोमन सिंह मगरलाई धारिलो हतियार कर्द प्रहार गरी हत्या गरेको अभियोगमा सोही नगरपालिकाका लिम्बुलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

शिवसताक्षी नगरपालिका स्थित सताक्षी धाम जाने भित्री सडक छेउमा घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा बुधबार बिहान गोमन सिंहको शव फेला परेको थियो । घटना पश्चात अनुसन्धानको लागि १ नम्बर प्रदेश प्रहरी कार्यालयबाट क्षेत्रीय अनुसन्धान समूह, जिल्ला प्रहरी कार्यालय झापा तथा संघीय प्रहरी ईकाई कार्यालय धरानको केनाईन टोली समेतबाट खटिएको संयुक्त टोलीले घटनामा संलग्न लिम्बुलाई पक्राउ गरेको जनाएको छ ।

लिम्बुले मंगलबार साँझ भेट्न बोलाएर गोमन सिंहले चलाएको प्रदेश ०१(०१०१२ प ५२२५ नम्बरको मोटरसाइकलमा सताक्षी धाम मन्दिरतर्फ जाऔं भनी गएको र मोटरसाइकल चलाइरहेकै अवस्थामा कर्द प्रयोग गरी गोमन सिंहको घाँटीमा रेटी हत्या गरेको अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ ।

साथै लिम्बुले उक्त मोटरसाइकल पुर्वपट्टी जंगलमा लगेर लडाएको र गोमन सिंहलाई पुनः घाँटीमा पटकपटक कर्द प्रहार गरी नालीमा फालेको तथा गोमनको आईफोन मोबाइल, कर्द र आफ्नो मोबाइल समेत झिलझिलेको खोलामा फालेको अनुसन्धनाको क्रममा खुल्न आएको छ । उक्त सामानहरु प्रहरीले बरामद गरेको छ ।

निजहरुबीच आर्थिक लेनदेन कारोबारमा असमझदारी भई बढेको मनमुटाबको कारण घटना भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको तथा लिम्बुमाथि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्