Logo

ललितपुर शिल गरेर मच्छिन्द्रनाथको रथ तानिदै



ललितपुर, २१ भाद्र । मच्छिन्द्रनाथको रथ तान्न ललितपुर जिल्लाको रिङरोडभित्रको क्षेत्र शिल गरिएको छ । अहिले अपरान्ह निश्चित मानिसहरु मात्र भेला भएर रथ तान्न लागिएको हो ।

४ सय ३४ जनामात्र रथ तान्न सहभागी हुने सुचीमा परेका छन् । उनीहरुमध्ये १६० जनाले रथ तान्नेछन् । १२४ जना स्वयंसेवक, २६ जना बाजागाजा बजाउने र १२२ जना नेवाः समुदायका विभिन्न जातीय संघका पदाधिकारीहरु हुनेछन् ।

कोरोना भाइरसको रोकथामका लागि भन्दै मच्छिन्द्रनाथको रथ तान्न प्रशासनले यसअघि अनुमति नदिंदा असन्तुष्ट समुहले जर्बजस्ती रथ तानेको थियो । यसलाई रोक्ने क्रममा झडप समेत भएको थियो । यसपटक मच्छिन्द्रनाथको जात्रा हुन नसक्दा क्षमा पुजा समेत गरिएको थियो ।

बिहिबार भएको घटनापछि प्रहरीले झडपमा संलग्नलाई खोजी खोजी पक्राउ गरेको थियो । यसप्रति नेवाः समुदायका विभिन्न संघसंगठनले आपत्ती जनाएका थिए ।

मच्छिन्द्रनाथको रथ तान्ने क्रममा भएको झडपबारे अन्तर्राष्ट्रिय मिडियाले समेत प्राथमिकताका साथ समाचार प्रकाशित गरेका थिए ।-File Photo



प्रतिक्रिया दिनुहोस्