Logo

उपत्यकामा एकैदिन ३५४ जना कोरोना संक्रमित थपिए



काठमाडौं,  २१ भाद्र । काठमाडौं उपत्यकामा आज एकै दिन ३  सय ५४ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ९  सय  ८० जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै  ३ सय ५४ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले   १० हजार ३  सय   ८२ जनाको पिसीआर परिक्षणमा ९  सय  ८० जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा  १८ सय १४ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या  २८ हजार  ९ सय  ४१ रहेको छ । काठमाडौं  उपत्यकामा थपिएका मध्ये काठमाडौंका २९०  जना र ललितपुरका ३२ जना र भक्तपुरका  ३२ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या ४६ हजार २  सय ५७ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्