Logo

मच्छिन्द्रनाथको रथ तान्न शुरु (तस्बिरसहित)



ललितपुर, २१ भाद्र । मच्छिन्द्रनाथको रथ तान्न शुरु भएको छ । प्रहरीको कडा सुरक्षा घेरामा निश्चित व्यक्तिहरुलाई मात्र प्रवेश दिएर रथ तान्न शुरु भएको हो ।

रथ तान्ने अघि बाजागाजा बजाउने कार्य भइरहेको छ । पुल्चोकमा नवार समुदायका सांस्कृतिक बाँजागाँजासहित जात्रा चलिरहेको छ ।

ललितपुर जिल्ला प्रशासन कार्यालय रथ तान्न सुरक्षा घेराभित्र ४ सय ३४ जनालाई मात्र प्रवेश दिएको छ । उनीहरुमध्ये १६० जनाले रथ तान्नेछन् । १२४ जना स्वयंसेवक, २६ जना बाजागाजा बजाउने र १२२ जना नेवाः समुदायका विभिन्न जातीय संघका पदाधिकारीहरु हुनेछन् ।

रथ तान्ने तयारी अघि नै ललितपुर जिल्लाको रिङरोडभित्रको क्षेत्र शिल गरिएको छ । सुरक्षा व्यवस्था निकै कडा पारिएको छ ।



प्रतिक्रिया दिनुहोस्