Logo

उमेर चढ्दै जाँदा झन सुन्दर करिश्मा मानन्धर



काठमाडौं, २१ भाद्र । नेपाली चलचित्र क्षेत्रको एक मात्र सदावहार नायिका हुन् करिश्मा मानन्धर । सरल स्वभावकी करिश्माले आफ्नो स्वास्थ्य र सौन्दर्यलाई निकै ख्याल राख्छिन् । दैनिक व्यायाम देखि सन्तुलित भोजनको कारण वास्तविक उमेर भन्दा जवान देखिन्छिन् । कलिलो उमेरमा उद्योग पति बिनोद मानन्धरसँग अन्र्तजातिय विवाह गरेकी करिश्मा र बिनोदको एक मात्र सन्तान छिन् । उनी हुन् कविता मानन्धर ।

लामो समयको लकडाउन करिश्मा घरमै बसेर बिताएकी छिन् । केहि समय राजनितिमा आबद्ध भएपनि हाल भने टाढा रहेकी छिन् । सामाजिक सञ्जालमा सक्रिय उनले दैनिक आफ्नै परिसरमा नयाँ नयाँ पोज दिदै गरेका आकर्षक तस्वीरहरु सार्वजनिक गर्दै आएकी छिन् ।

उनले सामाजिक सञ्जालमा पोस्ट गरेका तस्वीर र जोशिलो भावनाले जो कसैलाई पनि ऊर्जा प्राप्त हुन्छ । करिश्माले कोरोना भाइरसको त्रासले निराश भएका आम दर्शकहरुलाई सञ्जाल मार्फत हौसला दिदै आएकी छिन् । आज पनि उनले समस्यालाई नेपालीले जितेरै छाड्ने आशा राख्दै सुन्दर फोटो सेयर गरेकी छिन् । तस्वीरः करिश्मा मानन्धर फेसबुक



प्रतिक्रिया दिनुहोस्