Logo

रोर्बट कोरोना संक्रमण, ‘ब्याटम्यान’को छायांकन स्थगित



एजेन्सी, २१ भाद्र । हलिउड फिल्म ‘ब्याटम्यान’ कोरोना प्रभावित भएको छ । चर्चित अभिनेता रोबर्ट प्याटिनसनलाई कोरोना संक्रमण भएसँगै छायाँकनको काम रोकिएको हो । लण्डनमा छायाँकन भइरहेको फिल्म ‘ब्याटम्यान’ को काम अब कहिलेदेखि सुरु हने हालसम्म टुंगो लागेको छैन् ।

रोर्बटसँगै परिक्षण गरिएका टिमका अन्य सदस्यहरुको भने रिर्पोट नेगेटिभ आएपनि आइशोलेशनमा राखिएको छ । एजेन्सीका अनुसार अभिनेता रोर्बटको स्वास्थ्य भने हालसम्म सामान्य रहेको छ । २०२१ जुनमा प्रदर्शन मिती घोषणा गरिएको यो फिल्म लिड रोलका नायकलाई नै कोरोना संक्रमण भएकोले प्रदर्शनको मिती पनि पछाडी सारीएको छ । पहिले पनि छायांकन सुरु गरेको केहि हप्तामै संक्रमण बढ्दै गएपछि रोकिएको थियो ।



प्रतिक्रिया दिनुहोस्