Logo

वाग्मती प्रदेशसभाका उपसभामुख सङ्क्रमणमुक्त



मकवानपुर, २१ भदौ: वाग्मती प्रदेशसभाका उपसभामुख राधिका तामाङ कोरोना सङ्क्रमणमुक्त भएकी छिन् । प्रदेशसभा सचिवालयका अनुसार उपसभामुख तामाङको केही हप्ताअघि पिसिआर परीक्षण गर्दा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको र हाल उनी सङ्क्रमणमुक्त भएकी छिन् ।

हेटौंँडास्थित सरकारी निवासमा आफू होम आइसोलेशनमा रहेको उपसभामुख तामाङले जानकारी दिईन । आफ्नो दोस्रो पटकको पिसिआर रिपोर्ट नेगेटिभ आएको र अहिले आफू र आफ्नो छोरा सङ्क्रमणमुक्त भएको उनले बताईन ।-रासस/Photo Source: Pradesh Sabha



प्रतिक्रिया दिनुहोस्

Screenshot