Logo

स्वास्थ्यमन्त्री ढकालको परिवारका सदस्यलाई कोरोना सङ्क्रमण, मन्त्री एकान्तवासमा



काठमाडौँ, २२ भाद्र। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालको परिवारका एक सदस्यमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । परिवारका सदस्यलाई कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी स्वास्थ्य मन्त्रीका प्रेस संयोजक माधवप्रसाद तिवारीले गोरखापत्र अनलाइनलाई दिनुभयो ।

परिवारका सदस्यलाई कोरोना सङ्क्रमण देखिएसँगै मन्त्री ढकाल हाल निवासमै आइसोलेसनमा बस्नुभएको संयोजक तिवारीले जानकारी दिनुभएको खबर आजको गोरखापत्रले प्रकाशन गरेको छ ।।



प्रतिक्रिया दिनुहोस्