काठमाडौं, २२ भदौ । बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले वामदेव गौतमलाई संसद छिराउनकोलागि ढोकाबाट नसकेर झ्यालबाट छिराउन खोजिएको टिप्पणी गरेका छन् । नेकपाका सांसद बलराम बाँस्कोटाले भने वामदेवलाई सांसद बनाउने निर्णय कार्यान्यवन हुने स्पष्ट पारे । उनले प्रतिपक्षी दलले गौतमलाई राष्टियसभामा नजाउन भनेर ईच्छा राखेपनि प्रतिपक्षी दलहरुको आफूहरुले त्यो ईच्छा पूरा हुन नदिने जिकिर गरे । डा. गोविन्द प्रसाद पोखरेलले अहिलेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीले वामदेवलाई राष्टियसभामा मनोनित गर्ने निर्णय कार्यान्वयन नगरेकोले वामदेव सांसद बन्न नसक्ने सम्भावना त्यतिकै रहेको स्प्ष्ट पारे । प्रस्तुत छ आईतबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलाले न्यौपाने, बाँस्कोटा र पोखरेलसँग गरेको कुराकानीको भिडिओ :