Logo

छिमेकीलाई चक्कु प्रहार गर्नेे पक्राउ



नवलपरासी(पूर्व), २२ भाद्र । छिमेकीलाई धारिलो हतियारले हानी घाइते बनाएको अभियोगमा २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । छिमेकीलाई कुटपिट गरेको तथा धारिलो हतियार चक्कु प्रहार गरी घाइते बनाएको अभियोगमा २ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा मध्यबिन्दु नगरपालिका लुस्लेरीका मोतिराम परियार र उनकै छोरा राजु परियार रहेका छन् । विवादको क्रममा छिमेकी दान बहादुर परियार र अर्जुन परियारलाई कुटपिट गरी धारिलो हतियार चक्कु समेत प्रहार गर्दा घाइते भएको सुचना आए लगत्तै प्रहरी चौकी कोल्हुवाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ । घाइते दुबै जनालाई जिल्ला अस्पताल डण्डा मध्यबिन्दु हुँदै थप उपचारको लागि भरतपुरतर्फ पठाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्