Logo

किशोरीमाथि बलात्कारको अभियोगमा किशोर पक्राउ



सप्तरी, २२ भाद्र । जबरजस्ती करणी गरेको अभियोगमा १८ वर्षीय किशोर पक्राउ परेका छन् । १८ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा खडक नगरपालिकाका किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

शनिबार राति ती किशोरीलाई जबरजस्ती करणी गरेको सुचना आएलगत्तै ईलाका प्रहरी कार्यालय महुलीबाट खटिएको प्रहरीले किशोरलाई पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्