Logo

बहुविवाह गरी फरार पक्राउ



काठमाडौं, २२ भाद्र । विभिन्न मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । तनहुँका वहु विवाह मुद्दाका फरार प्रतिवादी व्यास नगरपालिका सुपारेडाँडाका करण बहादुर परियार आइतबार दिउँसो पक्राउ परेका हुन् ।

जिल्ला अदालत तनहुँको २०७५ पुस १९ गतेको फैसलाले वहु विवाह मुद्दामा १ वर्ष ६ महिना कैद र ५ हजार जरिवाना ठहर भई उक्त कैद मध्ये १ वर्ष ५ महिना १३ दिन कैद तथा जरिवाना भुक्तान नगरी हालसम्म फरार रहेका उनलाई प्रहरीले उनकै घर वतनमा फेला पारी पक्राउ गरेको जनाएको छ । उनलाई जिल्ला अदालत तनहुँमा पेश गरेकोमा उक्त अदालतको आदेशले कैद भुक्तानको लागि कारागार पठाएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

यसैगरी तनहुँकै बाल यौन दुरुपयोग मुद्दाका फरार प्रतिवादी आबुखैरेनी गाउँपालिका चिसापानी बस्ने जयकृष्ण श्रेष्ठ आइतबार बिहान पक्राउ परेका छन् ।

जिल्ला अदालत तनहुँको २०७६ साउन २९ गतेको फैसला बाल यौन दुरुपयोग मुद्दामा २ महिना ५ दिन कैद र ५ हजार रुपैयाँ जरिवाना ठहर भइ फरार रहेका उनलाई प्रहरीले उनकै घर वतनमा फेला पारी पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत तनहुँमा पेश गरेकोमा उक्त अदालतको आदेशले कैद भुक्तानको लागि कारागार पठाएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

त्यस्तै कैलाली, वन मुद्दाका फरार प्रतिवादी धनगढी घोडाघोडी नगरपालीकाका रमन कठरियालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत कैलालीको २०७४ पुस २ गतेको फैसलाले वन मुद्दामा ९३ हजार ३ सय ३३ रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले आफ्नै घरठेगानामा लुकिछिपि बसेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाएको छ । उनलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत कैलालीमा पेश गरिएको उक्त कार्यालयले जनाएको छ ।

यसैगरी कैलाली, सरकारी छाप किर्ते दस्तखत मुद्दाका फरार प्रतिवादी धनगढी उपमहानगरपालीका-१९ बस्ने नबराज चौधरीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत कैलालीको २०७३ जेठ २५ गतेको फैसलाले सरकारी छाप किर्ते दस्तखत मुद्दामा ११ महिना ३ दिन कैद र ५० रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनकै घरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । २०७२ असोज २२ गते धनगढी उपमहानगरपालीका-८ क्याम्पस चोकस्थित से.३ प. ९३२० नम्बरको मोटरसाईकल जाँच गर्ने क्रममा यातायात व्यवस्था कार्यालय सेतीबाट जारी गरेको सवारी चालक अनुमती पत्र किर्ते गरी चलाई रहेको अवस्थामा पक्राउ परेका उनी जिल्ला अदालत कैलालीबाट धरौटी तारेखमा छुटेको उक्त कार्यालयले जनाएको छ । उनलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत कैलाली पेश गरिएको उक्त कार्यालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्