Logo

उपत्यकामा आज ३२६ जना कोरोना संक्रमित थपिए



काठमाडौं, २२ भाद्र । काठमाडौं उपत्यकामा आज एकै दिन  ३ सय २६ जना कोरोना संक्रमित थपिएका छन् । देशभर  ९ सय ७९ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ३  सय २६ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले  ९ हजार  २ सय    १८ जनाको पिसीआर परिक्षणमा ९  सय  ७९ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा  १७ सय जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या  ३० हजार ६  सय  ७७ रहेको छ । काठमाडौं  उपत्यकामा थपिएका मध्ये काठमाडौंका  २९३ जना र ललितपुरका  २० जना र भक्तपुरका  १३ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या  ४७ हजार  २ सय ३६ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्