Logo

नाजिर हुसेनको जन्मदिन



काठमाडौ, २२ भाद्र । नेपाली फिल्मका नायक नाजिर हुसेन २०१५ मा ‘होस्टेल रिर्टन्स’बाट फिल्म क्षेत्र प्रवेश गरेका हुन् । फिल्ममा प्रवेश गर्नु अघि नै उनले रंगमञ्चमा आफ्नो छुट्टै पहिचान गराइसकेका थिए । पछिल्लो समयमा फिल्म क्षेत्रमा जमेका नाजिर अहिले भने म्युजिक भिडियोमा आकर्षित भएका छन् । उनको म्युजिक भिडियोमा ठुलो डिमान्ड हुने गरेको छ ।

३ वटा फिल्ममा लिड रोलमा अभिनय गरेका नाजिरलाई दर्शकले खासै रुचाएनन् । तर सहायक भुमिकामा अभिनय गरेका फिल्महरुमा भने फिल्मको भन्दा पनि उनले गरेको अभिनयको प्रंशसा भयो ।

आज उनको ३० औं जन्मदिन हो । फिल्मकर्मी तथा शुभचिन्तकहरुले उनलाई शुभकामना दिइरहेका छन् । नायिका नम्रता श्रेष्ठले नाजिरको जन्मदिनमा दिएको शुभकामना भने विशेष खालको छ । उनले इन्स्टाग्राममा दिएका शुभकामना शब्दले आफैमा प्रेमिल भावना बोकेको छ नम्रताले लेखेकी छिन्, ‘ह्याप्पी बर्थडे माया । आइ मिस यु । ’ केहि समययता नम्रता र नाजिरको प्रेमको चर्चा चलेको थियो । उनीहरुले फिल्म ‘गाँठो’मा सँगै काम गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्