Logo

हातबाट खस्ने यी चीज, साना गल्तीले भाग्य बर्बाद हुने



कैयौपटक अन्जानमा हाम्रो हातबाट केही चीज खस्छ । खसेका सामानलाई सम्हालेर राख्छौ र केहि समयमानै भुल्छौ । तर कहिलेकाँही यस्ता चीजले हाम्रो भाग्यमा पनि नोक्सान पुर्याउन सक्छ, यसबारे हामीले कल्पना पनि गर्न सक्दैनौ ।

हाम्रो हातबाट केहि चीज खस्नु एक खास संकेत हो । आज हामी हातबाट कुनै चीज खस्दा भविष्यमा कस्तो संकेत दिन्छ त त्यसको बारेमा चर्चा गर्छौ ।

दुध पोखिनुः शास्त्रमा दुध, दही जस्ता सेतो चीजका सम्बन्ध चन्द्रमासँग हुने बताइएको छ । दुध उमाल्दै गर्दा दुध भाँडाबाट बाहिर झर्नु अशुभ मानिएको छ । यसरी दुध निस्कदा परिवारको कुनै सदस्यलाई मानसिक दुख बढ्ने सम्भावना रहन्छ । दुध तल झर्नु परिवारमा आर्थिक संकट आउने संकेत पनि हो ।

तेल बाहिर पर्नुः कयौपटक तेल बट्टामा राख्ने क्रममा बट्टा भन्दा बाहिर जानुलाई अशुभ मानिएको छ । तेल झर्नुको सम्बन्ध ठुलो ऋणमा पर्ने संकेत हो । यसलाई घरमा दरिद्रताको संकेत मानिएको छ । यसको साथ यसले विपत्ति आउन सक्ने इशारा गरेको हुन्छ ।

नुन पोखिनुः ज्योतिष शास्त्रमा हातबाट नुन झर्नु शुक्र र चन्द्रमा कमजोर हुने संकेत बताइएको छ ।

हातबाट चामल,गहुँ खस्नुः हातबाट चामल, गहुँ जस्ता खाद्य पदार्थ तल खस्दा देवी अन्नपुर्ण वा देवी लक्ष्मी क्रोधित हुन्छन् । त्यसैले अन्न खस्नु राम्रो संकेत होइन् ।

सिन्दर खस्नुः भाग्यको निशानी सिन्दुर वा चुरा तल झर्नु धेरै अशुभ हो । शास्त्रअनुसार पतिमाथि आउने कुनै ठुलो बिपत्तिको संकेत हो ।

मरिच खस्नुः हातबाट मरिच खस्नुले निकट व्यक्तिसँग सम्बन्धमा खटपट आउने संकेत दिन्छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्