–दिलीप शर्मा काठमाडौँ, २२ भदौ: करीव ३०० रोहिंज्या आप्रवासीहरू सात महिनासम्म समुन्द्र र तटीय क्षेत्र हुँदै सोमबार इन्डोनेसिया पुगेका विवरणहरूले उनीहरूको कष्टकर यात्रालाई बताउने संयुक्त राष्ट्र सङ्घीय शरणार्थी नियोग (यूएन्एचसीआर) ले जनाएको छ ।
एक दर्जन भन्दा बढी बालबालिकासहित ती आप्रवासीलाई काठको डुङ्गाहरूमा यात्रा गर्दै गर्दा इन्डोनेसियाको सुमात्राको उत्तरी तटमा लोक्सेउमावे शहर नजिकै अवतरण गर्न स्थानीयले सहयोग गरेका राष्ट्रसंघीय अधिकारीहरूले बताएका छन् ।
म्यानमारका मुसलमान अल्पसङ्ख्यक रोहिंज्या समुदायले विगत केही वर्षदेखि यस्तै कठिन यात्रा गर्दै इन्डोनेसिया, फिलिपिन्ससम्म पुग्ने गरेका घटना नयाँ भने होइनन् । यस्तै कठिन यात्रा गर्दै रोहिंज्या शरणार्थी खासगरी एसियाका दर्जनौँ देशमा पुगी सस्तो श्रम बेचेर वा शरणार्थीका रूपमा जीवन विताइरहेका छन् ।
उक्त समूहमा यात्राका क्रममा कम्तीमा ३० जनाको त मृत्यु भएको राष्ट्रसंघीय निकायले जनाएको छ । उनीहरू बाँच्नकै लागि सरल उपायको खोजीमा बङ्गलादेशको कोक्स बजारबाट गत फेब्रुअरीमा यात्रा तय गरेको बताइएको छ ।
यूएन्एचसीआरले भनेको छ,“उनीहरू बाँचेका त छन् । तर समुद्रको कठिन यात्राका कारण कतिपय दिन भोकै यात्रा गरेको बताउने उनीहरू करिब सात महिनासम्म असामान्य कष्ट व्यहोरेका छन् । उनीहरूमध्ये करिब ३० जनाले आफ्नो ज्यान गुमाएका बताउने गरेका छन् भने कैयौँलाई स्वास्थ्य सेवाको जरूरी देखिएको छ ।”
म्यानमारमा अल्पसङ्ख्यक रोहिंज्या शरणार्थी र सरकारी सेनाबीच तीन वर्ष पहिले भएको द्वन्द्वपछि करिब दश लाख रोहिंज्या शरणार्थी रखाइन राज्यबाट भागेर छिमेकी मुलुक बङ्गलादेश पुगी विभिन्न शरणार्थी क्याम्पमा भिडभाडमा बस्ने गरेका छन् । विश्व कोरोना भाइरसको महामारीबीच जुधिरहँदा उनीहरूलाई भने रोगको भन्दा बढी चिन्ता भोकको हुने गरेको अन्तर्राष्ट्रिय मानवअधिकारवादी समूहहरूले बताउने गरेका छन् ।
मानव तस्करहरूले दयनीय अवस्थामा जीवन गुजार्न बाध्य यिनै आप्रबासी, शरणार्थीहरूलाई प्रलोभनमा पारी विश्वका विभिन्न मुलुक पु¥याउने गरेको राष्ट्रसंघीय उक्त निकाय, यूएन्एचसीआर,ले बताएको छ ।
बङ्गलादेशपछि मुसलमान अल्पसङ्ख्यक उक्त जातीले आफ्नो रोजाइको गन्तव्य मलेसिया तथा इन्डोनेसिया बनाउने गरेका छन् ।
दजैनौँलाई बन्धक बनाइएको हुनसक्ने आशङ्का
रोहिंज्या सङ्कटबारे काम गरिरहेको गैरसरकारी संस्था, अराकान प्रोजेक्टका निर्देशक क्रिस लेवाले भने कैयौैँ आप्रवासीहरू समुद्रमा पक्राउ परेका हुनसक्ने आशङ्का गर्नुभयो । उनीहरूको परिवारबाट मानव तस्करहरूले धेरै पैसाका लागि मोलतोल गरी हराएका भनिएका उनीहरूलाई अपहरण गरिएको हुनसक्ने उहाँले बताउनुभयो ।
“यी व्यक्तिलाई वास्तवमा बन्धक बनाइएको हुनसक्छ,” उहाँले भन्नुभयो । हामीलाई पूर्ण कथा अहिलेसम्म थाहा छैन तर तस्करहरूले उनीहरूले भुक्तान नगरुञ्जेलसम्म उनीहरूलाई फिर्ता गर्ने छैनन् ।”
सुमात्रा नजिकै पुगेका कूल २९७ रोहिंज्याको समूहमध्ये १०२ पुरूष र १८१ महिला युवक तथा वृद्धको नेतृत्व गरेका एक अधवँैसैलाई स्वास्थ्यमा समस्या आएपछि स्थानीय अस्पतालमा भर्ना गरिएको इन्डोनेसियाको लोकसेउमावे क्षेत्रका सैनिक प्रमुख रोनी महेन्द्रले बताउनुभयो ।
लोकसेउमावेमा स्थानीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत् सार्वजनिक तस्वीरहरूमा यात्रामा थाकेको तथा खाना तथा आवश्यक पोष्टिक कुराको अभावमा उनीहरूलाई भवनमा सानुपूर्व लत्रिएर भुईमा यत्रतत्र लडेका देखिएको छ । उनीहरूको अवस्था देखेपछि थानीयले केही खाना र कपडाहरू सहयोग गरेका थिए ।
“हामी तिनीहरूको अवस्थाको बारेमा चिन्तित बन्यौँ अनि जेसक्छौ सहयोग ग¥यौँ,” लोक्सउेमावेका स्थानीय आइस्याहले भन्नुभयो । “उनीहरूलाई मानवताको नाममा मद्दत चाहिन्छ । तिनीहरू हामीजस्ता मानिस हुन् ।”
यसैबीच एम्नेस्टी इन्टरनेसनलले इन्डोनेसियालाई आप्रवासीहरुलाई सुरक्षित घर दिन आग्रह गरेको छ । “रोहिंग्या शरणार्थीहरू अझै पनि सुरक्षाको खोजीमा सबै जोखिम लिन चाहन्छन्,“ एम्नेस्टी इन्डोनेसियाका कार्यकारी निर्देशक उस्मान हमिदले भन्नुभयो ।
“उनीहरूका साक्षीहरूले फेरि यी डु दयबत्गाका यात्राहरू कत्ति खतरनाक हुन सक्छन् भनेर देखाउँछन्।”
लामो समयदेखि सताइएका रोहिंज्यालाई म्यानमारमा अवैध आप्रवासीको रूपमा लिइन्छ । उनीहरूलाई नागरिकता दिन अस्वीकार गरिएको छ र स्वतन्त्र रूपमा कुनै देहमा यात्रा गर्न असक्षम छन् ।
सन् २०१७ मा गरिएको सैन्य कारबाहीपछि झन्डै सात लाख ५० हजार रोहिंज्यालाई द्वन्द्वग्रस्त राखाइन राज्यबाट बंगलादेशमा भाग्न बाध्य पारिएको आरोपमा अहिले म्यानमारले संयुक्त राष्ट्रको उच्च अदालतमा नरसंहार आरोपको सामना गरिरहेको छ ।
‘खतरनाक परीक्षा’
जुनमा सोही क्षेत्रमा पुगेका महिला र केटाकेटीहरूसहित करिब १०० रोहिंज्या पनि सोमबार इन्डोनेसिया अवतरण गरेको समूहसँगै बङ्गलादेशबाट गत फेब्रअरीमा छुटेका बताइएको छ ।
उनीहरूका अनुसार चार महिनाको कठोर यात्रामा तस्करहरूले अत्यधिक पैसा माग्दै पिटेको र बाँच्नको लागि आफ्नै पिसाव पिउन बाध्य परेको कठोर सङ्घर्ष सुनाएका छन् ।
किनारमा आइपुगेका दुबै समूह बङ्गलादेशबाट करिब ८०० को सङ्ख्यामा छुटेका आप्रबासीको हिस्सा हुनसक्ने अराकन प्रोजेक्टका निर्देशक लेवाले बताउनुभयो । “ठूलो प्रश्न यो हो कि ती सबै अहिले किनारमा आइुके वा अझै समुद्रमा छन् ।”
उहाँले सन् २०१५ पछि सोमबार इन्डोनेसिया अवतरण गर्ने समूह सबैभन्दा ठूलोसमूह भएको बताउनुभयो ।
कोरोनाभाइरस महामारीको जोखिमका कारण सयौं रोहिंज्यालाई मलेसियाली र थाई अधिकारीहरूले देश प्रबेशमा रोक लगाएको लेवाले बताउनुभयो ।
उनीहरूको खतरनाक परीक्षालाई तीराज्यले प्रवेशमा देखाएको सामूहिक अनिच्छाले उनीहरूको यात्रा छ महिनाभन्दा बढी लम्बिएको यूएनएचसीआरको बुझाइ छ ।
“यूएनएचसीआर र अन्य अन्तर्राष्ट्रिय आप्रबासीसम्बन्धी कामगर्ने संस्थाले बारम्बार यो चेतावनी दिएका छन् कि यदि समुद्री शरणार्थीहरूलाई सुरक्षित र सहज ढङ्गले अवतरणका लागि अनुमति दिइएन भने यसले नराम्रो मानवीय दुर्घटना निम्त्याउने चेतावनी दिने गरेका थिए ।
उनीहरूले भने, “दुभाग्यवस बितेको छ महिनाको निष्क्रियता घातक भएको छ ।” (विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा)