Logo

नक्कली प्रेस कार्ड छापेर बिक्री गर्ने तीन जना पक्राउ



काठमाडौं, २३ भाद्र । नक्कली प्रेस कार्ड छापेर बिक्री गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बागबजारमा रहेको कालिका प्रिन्टका तीन जनालाई महानगरीय अपराध महाशाखाको टोलीले सोमबार नियन्त्रणमा लिएको हो । उनीहरुले पाँच सय देखि कही हजारसम्म लिएर कार्ड बिक्री गरेको खुलेको छ ।

 

सो पसलबाट प्रहरीले नक्कली कार्ड बनाउन प्रयोग हुने कागजपत्र तथा ३० वटा नक्कली कार्ड समेत बरामद गरेको खबर समाचार पत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्