Logo

कोरोनाले सामाजिक आर्थिक अवस्था प्रभावित



काठमाडौं, २३ भाद्र । नेपालमा कोरोना संक्रमितको संख्या पछिल्लो समय परिवार परिवारमा बढेको छ । विज्ञहरुले लकडाउन खुकुलो हुनु, अनुशासनको पालना कम हुनु, सार्वजनिक यातायातका साधनको प्रयोग बढ्नु तथा पारिवारिक पुनर्मिलन हुनु नै संक्रमित संख्या बढ्नुको कारण औंल्याएका छन् ।

स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको राष्ट्रिय अध्यावधिक विवरणअनुसार सातवटा प्रदेशको २४ घण्टाको तथ्यांकअनुसार निको हुनेको संख्या ६५ प्रतिशत रहेको जनाएको छ । बढी संक्रमित रहेका प्रदेशहरुमा प्रदेश नं २ पहिलो स्थानमा छ भने बागमती प्रदेश दोस्रो, प्रदेश नं १ तेस्रो र प्रदेश नं ५ चौथो स्थानमा रहेको उल्लेख गरिएको छ ।

सोमबारसम्म कुल ४७ हजार २ सय ३६ जना संक्रमित पुष्टि भएका छन् । हालसम्म प्रदेश नं २ मा सक्रिय संक्रमितमध्ये ६ सय १८ जना क्वारेन्टाइनमा छन् भने ८ हजार ७ सय ९७ जना डिस्चार्ज भएका छन् । प्रदेश नं। ५ मा १ हजार १७ जना क्वारेन्टाइनमा छन् भने ५ हजार ४ सय ८१ जना डिस्चार्ज भएका छन् । सुदूरपश्चिम प्रदेशमा ६ सय ३३ जना क्वारेन्टाइनमा छन् भने ५ हजार ३ सय ८० जना डिस्चार्ज भएका छन् र बागमती प्रदेशमा ४ सय ६१ जना क्वारेन्टाइनमा छन् भने ४ हजार १ सय ५० जना डिस्चार्ज भएका छन् ।

त्यसै गरी प्रदेश नं १ मा ९ सय ७२ जना क्वारेन्टाइनमा छन् भने २ हजार ६ सय ७९ जना डिस्चार्ज भएका छन् । त्यस्तै कर्णाली प्रदेशमा ४ सय ४४ जना क्वारेन्टाइनमा छन् भने २ हजार ३ सय ४९ जना डिस्चार्ज भएका छन् र गण्डकीमा ५ सय ९४ जना क्वारेन्टाइनमा छन् भने १ हजार ८ सय ४१ जना डिस्चार्ज भएका खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्