Logo

भोकले छटपटाउँदै विपन्न, गोदाममा कुहिँदै राहत



सिरहा, भदौ २३ । जिल्लाको सखुवानन्कारकट्टी गाउँपालिकाले कोरोनाका कारण रोजगारी गुमाएका मजदुरलाई राहत प्रदानलगायतमा झन्डै डेढ करोड रुपैयाँ खर्च गरेको हिसाब प्रशासनलाई बुझाएको छ। तर, गाउँपालिकाको वडा नम्बर ४ मा बस्ने सुकुमबासीको मुहार भने मलिन छ।

सुकुमबासी प्रमीला मण्डलको परिवार घामपानी मुस्किलले छेक्ने छाप्रोमा बस्न थालेको वर्षौं भयो। बाटो छेउकै पाँच हात ऐलानी जग्गामा परालको छानोको छाप्रोमा प्रमीलाको परिवारका ६ जना बस्दै आएका छन्। प्रमीलाको छाप्रोसँगै टाँसिएको आधारभूत विद्यालयको प्रांगणमा सोमबार ‘चु जी’ नामक संस्थाले दिएको राहत गाउँपालिकाले वितरण गर्दै थियो। पहुँचवाला र हुनेखानेसमेतले राहतको पोको हात पारिरहँदा सुकुमबासी प्रमीला भने राहत पाउनुपर्ने सूचीमा थिइनन्। राहत लिन गएकी उनी रित्तो हात फर्किनुप¥यो।

मजदुरीमा अडिएको उनको परिवारको नाम राहत पाउनु सूचीमा नअटाउनुको विडम्बना भएको स्थानीय शैलेन्द्र यादवले बताए। गरिबका लागि राहत आएको हो भने प्रमीला जस्तो गरिब यस वडामा दुर्लभ भेटिन्छन्’ यादवले भने, ‘राहत अन्नपात नहुनेलाई दिने हो कि पहुँच हुनेलाई ?’

पाँच महिनाअघिसम्म प्रमीलाको परिवारमा तीनजना कमाउने थिए। त्यो कमाइबाट उनको घर राम्रोसँग चलेको थियो। अरुथोकको चिन्ता भए पनि चुलो बाल्ने चिन्ता थिएन। प्रमीला आफू कृषि मजदुरी ९जनबनी० गर्थिन्। उनका पति पवन मण्डल निर्माणको काम गर्थे। एउटा छोरा बुबासँग मजदुरी गर्थे। पहिलो लकडाउन सकिएपछि प्रमीला र पवनले केही दिन काम पाएका थिए तर निषेधाज्ञा सुरुपछि बेकामे भए। काम नभएपछि कमाइ रोकियो, चुलो पनि बल्न बन्द भएको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्