Logo

दोस्रो चरणको चक्रपथ विस्तारः साइट तयार, अझै लगानी जुटेन



काठमाडौं, भदौ २३ । दोसो चरणको चक्रपथ विस्तारको अधिकांश साइट क्लियर भए पनि योजनाको वित्तीय व्यवस्थापन नहुँदा कहिले निर्माण हुने अनिश्चित देखिएको छ। दोस्रो खण्ड अन्तर्गतको कंलकीदेखि गोपीकृष्ण हल सम्मको अधिकांश साइट क्लियर भइसक्यो। तर अहिलेसम्म योजनाको न त डिजाइन तयार भएको छ। न त वित्तीय व्यवस्थापन नै भएको छ।

यसले गर्दा योजनाको निर्माण कार्यले गति लिन सकेको छैन। यो सडक खण्ड कहिले निर्माण हुनेमा अन्योल देखिएको छ। काठमाडौं चक्रपथ सडक विस्तार योजनाले कलंकीदेखि चाबहिलको गोपीकृष्ण हलसम्मको ११।६ किलोमिटरमध्ये अधिकांश स्थानमा साइट क्लियर भइसके पनि वित्तीय व्यवस्थापन अहिलेसम्म हुन नसकेको बताए।

‘चिनियाँ पक्षले साइट क्लियर भएपछि मात्रै लगानी गर्ने प्रस्ताव गरेको छ। त्यसैले अब साइट क्लियर भएसँगै वित्तीय व्यवस्थापन हुने आशा राखेका छौं,’ उनले भने, ‘अहिले कोभिड–१९ को कारणले पनि आवश्यक प्रक्रिया अघि बढ्न सकेको छैन।’

पहिलो चरणको सडक विस्तारमा करिब पाँच अर्ब रुपैयाँ खर्च भएको थियो। तर दोस्रो चरणमा करिब आठ अर्ब लाग्ने अनुमान गरिएको छ। दोस्रो चरणको आयोजना करिब ३० महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

वित्तीय स्रोतका लागि पहिलो चरणको विस्तार गरेको र दोस्रोमा पनि सहयोग गर्ने आश्वासन दिएको चीन सरकारसँग समन्वय भइरहेको छ।

दोस्रो चरणको सडक विस्तार चिनियाँ सरकारले गर्ने आश्वासन दिए पनि अहिलेसम्म सम्झौता हुन नसकेको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्