वीरगंज, २३ भदौ/ बारा, पर्सा र रौतहटका २९ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । एकजना संक्रमितको मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ । नारायणी पिसिआर प्रयोगशालामा सोमवार ५८० वटा नमूना परीक्षण गर्दा पर्साका १३ जना, बाराका ९ र रौतहटका ७ जना गरी २९ जना संक्रमित थपिएको नारायणी अस्पतालका प्रवक्ता डा अतुलेश चौरसियाले जानकारी गराए ।
८ जना महिला र २१ जना संक्रमित पुरुषहरुको उमेर १९ वर्षदेखि ६० वर्ष रहेको छ । २९ जनाको सिटी भ्यालु १५–३० सम्मको रहेको डा चौरसियाले बताए ।
एकजना संक्रमितको मृत्यु वीरगंज हेल्थकेयर कोभिड अस्पतालमा सोमवार राति १० बजे एकजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । बारा जिल्लाको महागढीमाई नगरपालि–१० गंजभवानीपुरका ६० वर्षीय वृद्धको सोमवार राति १० बजे मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा अतुलेश चौरसियाले जानकारी दिएका छन् ।
मधुमेह र पक्षघातका रोगी रहेका वृद्धलाई भदौ १३ गते साँस फेर्न समस्या भएपछि नारायणी वयोधा अस्पतालमा भर्ना गरिएको र पिसआिर परीक्षणपछि भदौ १४ गते कोरोना सङ्क्रमण भेटिएपछि वीरगंज हेल्थकेयर कोभिड अस्प्तालमा पठाइएकोमा उपचारको क्रममा वृद्धको मृत्यु भएको डा चौरसियाले बताए ।