Logo

झलनाथ खनाल प्रतिष्ठानका अध्यक्ष भन्छन् :’यो ७२ करोडको कुरा होईन, यो त ७२ अर्ब बराबरको प्रोजेक्ट हो’ (भिडिओसहित)



काठमाडौं, २३ भदौ । झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानका अध्यक्ष रेवती पन्तले अहिले आफूहरुले प्रतिष्ठानअन्तर्गत एन्टी स्नेक भेनम प्रोडक्सन र रिसर्चको काम गरिरहेको स्पष्ट पारेका छन् । उनले आफूहरु अहिले प्रोडक्सन र रिसर्चको कामको मध्य भागमा रहेको जानकारी गराएका छन् । उनले भने, अहिले हामी अनुशन्धान गरिरहेका छौं ।’

प्रतिष्ठानले के कारणले ७२ करोड पाउनुभयो भनेर पत्रकार ऋषि धमलाले सोधेको प्रश्नमा उनले भने,‘होईन, यो यस्तो छ ऋषिजी, यो ७२ करोडको कुरा चाहीँ हाउगुजीजस्तो, आम्मामा ७२ करोड भनेजस्तो, अहिले चर्चा नै त्यही भयो । तथ्यभन्दा बाहिर गएर भ्रामक प्रचारहरु गरिएको छ । तर, यसको तथ्य अर्कै छ । यो ७२ करोडको कुरा होईन् । यो जुन हामीले सपना बोकेका छौं, यो त ७२ अर्ब बराबरको प्रोजेक्ट हो ।’ हिजो (सोमबार) राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको विशेष कुराकानीमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो स्पष्ट पारेका हुन् ।



प्रतिक्रिया दिनुहोस्