Logo

 युट्युब च्यानलमार्फत् अफवाह फैलाएको अभियोगमा पक्राउ



काठमाडौं, २३ भाद्र । युट्युब च्यानलमार्फत् अफवाह फैलाउने एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीका अनुसार सार्वजनिक शान्ति भंग गरेको अभियोगमा अन्तिम विकल्प प्रा.लि.का संचालक सुबास सुब्बा लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो ।

लिम्बू तेह्रथुम घर भई ललितपुर बस्दै आएका छन् । युट्युब च्यानलमा अन्तर्वार्ताको क्रममा कोरोना नै छैन सरकारले हावा पिटेको भन्दै कोरोना संक्रमितको मृत्यु पश्चात आफन्तलाई भेटन नदिई शरिरका विभिन्न अंगहरु (किडनी, आँखा, लिभर) झिकेर बेचबिखन गरी भष्ट्राचार गरिरहेकोले सडकमा आन्दोलन गर्न सबै आउनु पर्दछ भन्ने जस्ता उत्तेजना फैलाउने, आम–सर्वसाधारणलाई दिगभ्रमित गराउने, विभिन्न व्यक्तिहरुलाई आक्षेप लगाउने अभिव्यक्तिहरु दिई सार्वजनिक शान्ति भंग गर्ने कार्यमा संलग्न भएको प्रहरीले जनाएको छ । उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले ललितपुर नक्खिपोटबाट पक्राउ गरेको जनाएको छ ।

लिम्बुलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाएको महाशाखाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्