Logo

माक्स लगाउन सम्झाउँदा प्रहरीमाथि हातपात



सप्तरी,२३ भाद्र । प्रहरीलाई हातपात तथा गालीगलौज गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । सुरूङगा नगरपालिका कदमहास्थित सडकमा डिउटीमा खटिएको प्रहरीलाई हातपात तथा गालीगलौज गरेको अभियोगमा अर्जुन कुमार साहलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय कडोरबनाबाट खटिएको प्रहरीले ज.११ प १८३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा साहले मास्क नलगाएकोले सम्झाई बुझाई गर्दा प्रहरीले आमनागरिकलाई रोकी अनावश्यक रूपमा दुःख दिने गरेको भनी विभिन्न किसिमको गालीगलौज गर्नुका साथै प्रहरीलाई हातपात समेत गरेपश्चात मोटरसाइकल चालक साहलाई पक्राउ गरेको जनाएको छ । साह नेपाल विद्युत प्राधिकरण बोदेवर्साइन सप्तरीमा सहायक प्रबन्धक पदमा कार्यरत रहेको बुझिएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्