विपिन देवः ४ सेप्टेम्वर सन् २०२० मा भारतका थिंक टंयाक ‘अब्जरभर रिर्सच फाउनडेसन’द्वारा आयोजित कार्यक्रममा भारतका परराष्ट्रमन्त्री डा. एस. जयशंकरद्धारा लिखित पुस्तक इण्डिया वेः स्ट्राटेजी फोर अनसरटेन र्वल्डमा व्यापक मन्थन र विर्मशले भारतद्धारा अखतियार गरेको केहि सामरिक दृष्टीकोण आलोकित भएको देखिन्छ । पुस्तकको पृष्ठभूमी र विचार माथि संसारका मूर्धन्य व्यक्तित्वहरु प्रकाश पार्दै वदलिदो अवस्थामा भारतको नीति र उदेश्य माथि व्यापक चर्चा गरेको परिदृष्य थियो ।
अष्टेलियाका विदेश मन्त्री मारसी प्यामेले बदलिदो अवस्थामा इण्डोप्यासिफिक नीति अनुरुप भारतले बहुपक्षीय शक्तिहरुको सन्तुलनमा अगुवाई लिनुपर्दछ भन्ने अभिमत राख्दै संसारको महत्वपूर्ण समस्याहरुमा अष्टेलिया र भारतको साझा अवधारण र रणनीति रहेको कुरा जीकिर गरिन । अष्टे«लिया र भारत सहयात्री भएर संसारको लोकतन्त्र र लोकतान्त्रीक मूल्य मान्यतालाई वलियो बनाउँदै लग्नु पर्ने अवधारणा मारसी को थियो । कार्यक्रममा सिंगापूरका परराष्ट्रमन्त्री भीभान वालकष्न, मालदिभ्सका सभामूख नसिद, बि«टेनका पूर्व प्रधानमन्त्री टोनी ब्लेयर, स्वीडेनका पूर्व प्रधानमन्त्री कार्ल विल्डर, क्यानडाका पूर्व राष्ट्रपती स्टेफेन हार्पर, यू.ए.ई. का परराष्ट्रमन्त्री अम्वर वीन मोहमद गराध जस्ता उच्च व्यक्तित्वहरुको सदभाव, शुभकामना र टिप्पणीले कार्यक्रमलाई महिमामणित गरेको थियो ।
हरेक चिन्तन, वहस र शास्त्रार्थले वर्तमान विश्व परिदृष्यलाई चित्रीत गरिरहेको थियो । मालदिभ्स जस्ता मुलुकहरुका प्रमूख चिन्ता सामूद्रिक सुरक्षा, पर्यावरण सन्तुलन, पर्यटनमा केन्द्रित थियो भने सिंगापूरको चिन्ता भारत र चीनको वढ्दो तनावले आउने दिनमा विश्व अर्थतन्त्रमा एसियाको वर्चस्व न्यूनिकरण हुने र त्यसबाट सिंगापुर लगायतका आसियानका अन्य मुलुकहरु पनि प्रभावित हुने भन्ने थियो । त्यस्तै टोनी ब्लेयरले आउने दिनमा भारतको प्रजातान्त्रीक बाटोबाट सर्वसत्तावादी शक्तिहरुसँग संग्राम गर्न सकोस् भन्ने अपेक्षा थियो ।
अर्को शब्दमा भन्ने हो भने, यी मूर्धन्य व्यक्तित्वहरुको अभिव्यक्तिबाट के आकलन गर्न सकिन्छ कि बदलिदो परिवेशमा विश्वले भारतबाट केहि अपेक्षा राखेको छ । त्यो अपेक्षालाई प्रत्याभूति गर्न भारतको सामरिक तयारी र राजनीति कस्तो हुनेछ भन्ने आजको यक्ष प्रश्न हो । आफ्नो जीवनको चार दशक भारतका परराष्ट्र सेवामा व्यतित गरेर हाल परराष्ट्र मन्त्री भएका डा. जयशंकरले भारतको परराष्ट्र नीतिको स्वरुप, विगतका अनुभव र भावी रणनीतिको बारेमा यस पुस्तकको माध्यमबाट चर्चा गरेका छन् । बदलिदो परिवेशमा भारतका सवभन्दा ठूलो सामरीक चिन्ता चीनसँग लिएको नीतिमा देखिन्छ । असीको दशकमा भारत र चीनको प्रति व्यक्ति आय लगभग एकनासकै नै थियो । सत्तरीको दशकमा खुल्ला अर्थतन्त्रमा प्रवेश गरेको चीनको आर्थिक आकार अहिलेको अवस्थामा भारत भन्दा चार गुणा बढी देखिन्छ । बढ्दो आर्थिक र सैनीक क्षमताले गर्दा चीनले भारतलाई क्षेत्रीय शक्तिको रुपमा मात्रै हेर्न चाहेको कुरा चिनियाँ गतिविधिले प्रमाणित गर्दछ ।
यस परिवेशमा भारतले चीन सँगको नीतिलाई कसरी परिर्माजीत र परीस्कृत गर्दै अगाडी लग्ने भन्ने प्रश्न भारतको रणनीतिकारहरुको सामूनेमा उभिएको देखिन्छ । वास्तवमा चीन कुन वेला छिमेकीसँग मूठभेडमा जान्छ भने प्रश्नको उत्तरमा धेरै सोधहरु भएको देखिन्छ । सन् १९६२ चीनमा व्यापक खडेरीको अवस्था थियो । चिनियाँ जनता भोकले आक्रान्त थिए । त्यस परिवेश र परिस्थितिमा सन् १९६२ मा भारत र चीनको बीचमा युद्ध भएको थियो । सन् १९६५ मा चीन र तत्कालीन सोभीयत रुसको बिच यूद्ध भएको थियो । यसको प्रमूख कारण के थियो भने चीनमा सांस्कृतीक क्रान्ती भर्खरै अन्त्य भएको थियो । व्यापक नरसंहारले गर्दा चिनियाँ सरकार प्रति चिनियाँ जनताको भरोसा र आशा डगमगाइ रहेको थियो । त्यस परिवेशमा राष्ट्रवादको हुकारलाई ध्वनित गर्न सन् १९६५ मा चीन र सोभियत रुसको बिच युद्ध भएको एउटा परिघटना हो । वर्तमान अवस्थामा चीनको द्वन्द भारत, मलेशिया, फिलिपिन्स, जापान, भियतनाम, अमेरीका लगायत धेरै मुलुकहरु सँग छ । यो द्वन्द्वलाई शिथिल बनाउनुको सट्टा त्यसलाई चर्काएर जनतामा सरकार प्रति राष्ट्रवादको नाममा बढी भरोसा बढोस् भन्ने राष्ट्रपति सी को रणनीति देखिएको छ ।
अर्थात् सैनिक रुपमा र आर्थिक रुपमा अब्बल भएका चीन सँग र्बोडर समस्यालाई कसरी समाधान गर्ने भन्ने भारतको कुटनीति केन्द्रित रहेको देखिन्छ । कुटनीति विचार र नीतिको प्रयोग हो । कुनै पनि नीति शास्वत्व हुँदैन । कुटनीतिमा राष्ट्रीय स्वार्थ मात्रै शास्वत्व हुन्छ । तदनुरुप नरसिंह रावले सन १९९३ मा चीन सँग समझौता गरेर एउटा नीति के लिएको थियो र्वोडरको समस्यालाई थाती राख्दै व्यापारीक कारोवार र जन–जन सँगको बीचको सम्पर्कलाई अगाडी बढाउँदै कुटनीतिलाई कारोवारमूखि बनाउँदै अगाडी लग्ने । यो सुत्र केहि समय सम्म भारत र चीनको बीच फलदायी सिद्ध भयो ।
भारत र चीनको बीच १०० विलियन डलरको व्यापार बढ्नु, चीनको अध्ययन संस्थाहरुमा ३०,००० भन्दा वढी भारतीय विद्यार्थीहरु अध्ययन गर्नु, भारतमा ठुला–ठुला चिनियाँ कम्पनीहरुले लगानी गर्नु प्रतिनीधि उदाहरणहरुले रावको नीतिलाई अनुमोदित गर्दछ । तर यो सूत्र अहिले फलदायीक देखिएको छैन । चीन र अमेरिकाको सिधा टक्कर , कर्वाडको र्निमाण (अष्ट्रेलीया, अमेरीका, जपान, भारत) र जअइको अवधारणा (जापान, अमेरीका, इन्डिया) इन्डोप्यासिफीक नीति अन्र्तगत चीनलाई घेरा बन्दी, दक्षीण चीन सागरमा चीनको शक्तिलाई निष्तेज गर्न साझा सैनिक अभ्यास, यु.ए.ई. र इजरालबीच दौत्य समवन्धले गर्दा भारत र चीनको बीच साम्पीयता र समझदारीको वातावरण तुहिएको देखिन्छ । अर्थात आउने दिनमा भारतले चीनसँग कस्तो कुननीति बाटो अपनाउने ? यस सन्र्दभमा भारत र चीनले आफ्नो अतितलाई स्मरण गर्नु पर्ने टडकारो आवश्यकता देखिन्छ । सन् १९३७ डिसेम्वर २४ मा चीनीया सैनिक कमान्डर इन चीफ पु तेह (तत्कालीन नाम एथ रुट आर्मी) ले भारत स्वतन्त्रता आन्दोलनका अगुवाई गरिरहेका काङ्ग्रेसका अध्यक्ष नेहरुलाई एक पत्र लेखेका थिए । पत्रमा भारतीय स्वतन्त्रता संग्रामको लागी एकातर्फ सहनुभुति र सदभाव थियो भने अर्को तर्फ चीनमा भइरहेको बारम्बार जापान लगायत विभिन्न शक्ति केन्द्रहरुको आक्रमण भइरहेको बेला भारतवासी सँग आर्थीक र नैतिक सहयोगको अपेक्षा थियो ।
चिनियाँ सैनिक कमान्डर चीफको पत्रको असर भारतीय रणनीतिलाई प्रचुर मात्रामा प्रभावित ग¥यो । अर्थात भारतले जपानको समानलाई वहिस्कार गर्दै जापानले चीन माथी गरेको आक्रमणलाई निन्दा गरे । भारतले आफ्नो स्वतन्त्रता उपरान्त पनि चीनीया मित्रतालाई उच्च आदर गर्दै असंलग्न परराष्ट्रनीतिलाई अगाडि बढाए । वर्तमान अवस्थामा भारत र चीनको द्वन्दलाई मलजल गर्न पश्चिमा शक्तिहरु उदवेलित रहेको अवस्था छ । यस अर्थमा भारतले वर्तमान भू–राजनीतिलाई मध्य नजर गर्दै शक्ति सन्तुलनको मर्म अनुरुप चीनसँगको व्यापारिक सम्बन्धलाई परित्याग गर्नु हुँदैन । डा. जयशंकरले भारत र चीनको सम्वन्धलाई धनिधुत बनाउन भारतले आफ्नो आर्थीक क्षमतालाई बलियो बनाउनु पर्दछ भन्ने कुरा आफ्नो पुस्तकमा उल्लेख गरेका छन् ।
पुस्तकको माध्यमबाट भारतले डिजिटल, स्वास्थ्य, शिक्षा क्षेत्रमा नेतृत्वदायी भूमिका खेल्ने भन्ने विचारलाई संप्रेसित गरेको देखिन्छ । अहिले विश्व बजारमा भारतीय जनशक्तिको उच्च महत्व रहेको चर्चा गर्दै आउने दिनमा पिपुल टु पिपुल कुटनीतिलाई अगाडी बढाउदै लग्ने भन्ने कुरालाई जयशंकरले प्रस्ट पारेका छन् ।
वर्तमान अवस्थामा अमेरीकाले आफ्नो नीतिमा व्यापक परिर्वतन गरेको देखिन्छ । विभिन्न भिमकाय परियोजनाबाट अमेरिकाले आफ्नो लगानी र सहभागीतालाई न्यूनिकरण गर्दै छ । विश्व स्वास्थ्य संगठन, यूनेसको लगायत विभिन्न किसिमको प्रतिस्ठानहरुबाट अमेरीकाले आफ्नो हात झिक्दै छ । अमेरिका वर्तमान अवस्थामा समीकरण बनाएर र समीकरणको उपादेयतालाई सामरीक प्रयोग गरेर त्यसलाई दोहन गर्दै अगडी बढ्ने नीति रहेको देखिन्छ । यस अवस्थामा भारतले अमेरीकाको अर्थतन्त्र सँग प्रचुर रुपमा लाभ लिन वातावरण बनाउनु पर्दछ । ४ मिलियन भारतीय मूलका जनताको अमेरीकाका विभिन्न क्षेत्रमा र्वचस्व हुनु, भारत अमेरीकाबाट प्रयाप्त हतियार खरिद गर्नु र विभिन्न अन्तराष्ट्रीय मूदाहरुमा साझा धारणा हुनु जस्ता पृष्टभूमिलाई आधार बनाई अमेरीकी लगानीलाई प्रचुर मात्रामा भारत भित्रयाउन भारतीय परराष्ट्र नीति परिलक्षित हुनु पर्दछ ।
वर्तमान अन्तराष्ट्रिय राजनीति भारतमैत्री जस्तो देखिएको छ । श्रीलंकाले “इन्डिया फस्ट” को नीति लिनु, आसियान मूलुकहरु व्यापारीक कारोवार बढनु र अष्ट्रेलीया, जापान युरोप र अमेरीका सँग राम्रो सम्वन्धलाई आर्थीक सुधार र लगानीमा प्रयोग गर्नु पर्ने भारतको परराष्ट्र नीति हुनु पर्दछ । वर्तमान अवस्थामा २३ अंकबाट जि.डि.पी. खस्किनु, कोरोनाको कहरले बेरोजगारी बढनु चीन र पाकिस्तानसँग समवन्ध चिसिनु भारतको लागि महत्वपूर्ण चुनौतीहरु हुन् । यस अर्थमा परराष्ट्र नीतिको अर्जुनदृष्टी यी समस्याहरु प्रति लक्षित हुनु पर्दछ ।