Logo

काठमाडौं उपत्यकामा ३९६ जना कोरोना संक्रमित थपिए



काठमाडौं, २३ भाद्र । काठमाडौं उपत्यकामा आज एकै दिन ३ सय  ९६ जना कोरोना संक्रमित थपिएका छन् । देशभर  ९ सय  २ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ३९६  सय जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले   १० हजार ६  सय  ११  जनाको पिसीआर परिक्षणमा ९  सय  २ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा  २२ सय ८७ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या  ३२ हजार ९ सय ६४  रहेको छ । काठमाडौं  उपत्यकामा थपिएका मध्ये काठमाडौंका ३०० जना र ललितपुरका ३८ जना र भक्तपुरका  ५८ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या ४८ हजार  १ सय  ३८ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्