प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री मोहन बहादुर बस्नेतले युवा पुस्ताले नेतृत्व गर्नुपर्छ भन्ने पक्षमा आफू पनि भएको बताएका छन् । तर, अहिले युवा पुस्ताका नेताहरुले अघिपछि ठूला ठूला कुरा गरेपनि महाधिवेशनको मुखमा नेताहरुकहाँ धाएर आफ्नो पद सुरक्षित गर्ने गरेको टिप्पणी गरेका छन् । मंगलबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बस्नेतले यस्तो बताएका हुन् । उनले भनेका छन–‘युवापुस्ताहरूले नेतृत्वका लागि लाग्नुपर्छ । यो स्वभाविक कुरा हो । तर युवापुस्ता अघिपछि ठुला ठुला कुरा गर्छन्, जब चुनाव आउन थाल्छ, शिर कुन चाहिँ समुहमा लगे सुरक्षित भईन्छ भनेर यसो टाँसिन थाल्ने गर्छन् । गएको महाधिवेशनमा मलाई एउटा अनुभव छ । अहिले युवापुस्ता भनेर नारा लिएर हिँड्नेहरू सिटौला गुटबाट उम्मेदवार बन्ने, शेरबहादुर गुटमा उहाँ दाई हो भनेर लाग्ने, रामचन्द्र पौडेलकहाँ गएर जुन समुह भने पनि म यो गुटको हो भनेर त्यहाँ भोट माग्न जाने, यसरी जति पनि नेता छन्, सबैकोमा पुग्ने, मलाई आशिर्वाद चाहियो भन्ने, यस्तो गर्नेहरूले नीति के हो, कार्यक्रम के हो, एजेण्डा के हो, म कुन विषयलाई लिएर पार्टीलाई हाँक्छु भन्ने ती विषयहरू लिएर अगाडि बढ्नुपर्छ । चुनाव आएपछि एउटा गुटमा लागेर कसरी त्यसको सदस्य बन्ने, भएको परिस्थितिलाई कसरी नयाँ ढंगले अगाडि बढाउँछु भनेर अहिलेसम्म कोही युवा भन्नेहरूले कार्ययोजना बनाएका छैनन् ।’ प्रस्तुत छ नेता बस्नेतसँग पत्रकार धमलाले गरेको कुराकानीको पूरा भिडिओ :
अब पार्टी सभापति शेरबहादुर देउवाको कदमलाई लिएर कांग्रेस यतिखेर विभाजित छ । विभागहरू गठन गर्ने काम गलत भयो, असंवैधानिक भयो, खारेज गर्नुपर्छ भनेर रामचन्द्र पौडेल पक्षधरहरूको भनाई आईसक्यो । अब तपाईहरू के गर्नुहुन्छ ?
महाधिवेशन नजिक आउँदाखेरि अब यो के गर्दाखेरि पक्षमा मत जम्मा गर्न सकिन्छ भन्नेतिर यो एउटा रणनीति बनाएर लागेको मात्रै हो । मैले धेरैपटक भनि पनि सकेँמशेरबहादुरजी पार्टी सभापति हुने बित्तिकै एक वर्षभित्रमा नै विभाग गठनका लागि उहाँले लिस्ट माग्नुभएको हो । तर त्यो रिस्क लिनको लागि उहाँहरूलाई अप्ठ्यारो परेको थियो । विभिन्न समुह मिलेर एउटा गुट बनेको छ । अब त्यो गुटमा उहाँहरूले भागबण्डा गर्न सक्नुभएन । अहिले पनि नेविसंघ र तरुण दलको भाग लिएर उहाँहरू बस्नुभएको छ । पटक–पटक केन्द्रिय कार्यसमितिको बैठक नबसेर पदाधिकारीहरूको बैठक बसेर ठुला-ठुला निर्णयहरू गर्नुहुन्छ ।
होइन अहिले आएर महाधिवेशनको मुखमा विभागहरू गठन गर्नु उचित थिएन नि ? अहिले कांग्रेसको विवादको कुरा गर्दाखेरि समाधानको उपाय के त ?
विवाद विधानसँग नमिलेर भएको हो । अहिलेसम्म कुनै विधानले गर्न नदिएको काम हामी हतारमा गरिरहेको छौँ । त्यो विभाग जहाँसम्म परिचालन गर्न गठन भएको छ, त्यो काम गर्नको लागि भएको छैन ।
अब विभागको गठन तपाईहरूले गरिरहँदाखेरि रामचन्द्र पौडेल पक्षधरहरूले अस्वीकार गर्नुभएको छ । अब तपाईहरूल खारेज गर्ने कि नगर्ने ?
यो विषयमा पार्र्टी सभापतिलाई गर्नुपर्ने प्रश्न हो । विभागमा उहाँले पक्षधरहरूलाई क्रियाशील सदस्यता बाँड्नुभयो । अहिले पनि ४० प्रतिशत विभागमा खाली राखिएको छ । त्यसकारणले मैले बुझेसम्म विभागले काम गर्न केही थालेको हुनाले यस विषयमा धेरै विवाद सिर्जना गर्नुपर्ने केही जरुरत छैन ।
तर तपाईलाई थाहा छ नि त, सभापति देउवाले अरूको कुरा नसुन्ने, पेलेर जाने, पक्षधरहरूलाई मात्र पद दिने, किन यस्तो गर्नुहुन्छ ?
४० प्रतिशत विभागहरूको प्रमुखका लागि खाली छुट्याएर राखिएको छ । त्यसमा पनि अहिले शेरबहादुरजीको मान्छे भनेर जुन भनिएको छ, त्यसमा ४० प्रतिशत दिईएको छ ।
पार्टी सभापतिले गुट/उपगुटको नेतृत्व गरेर जाने हो त ?
गुट/उपगुटको नेतृत्व कसले गरेको छ ? सबै मिलेर काम गरौं भन्दाखेरि ४० प्रतिशतको भागबण्डा पनि माग्ने ? समयमा अधिवेशन हुनुपर्छ पनि भन्ने ? महाधिवेशनलाई प्रभाव पर्ने गरी खैलाबैला पनि गर्ने ? त्यसकारणले गर्दाखेरि मिलाएर लग्न खोजिएको ठाउँमा धेरैपटक विधानमा नै नभएका कुराहरू विभिन्न खाले पदाधिकारी मात्र होइन, गुट/उपगुटमा लागेका नेताहरूसँग बसालेर भेटघाट पनि राख्नुभयो । आफुले भनेको भनेको नहुँदाखेरि उहाँहरूले विरोध पनि गर्नुभयो । विभागको नाउँमा गैरपदाधिकारी पनि बस्न पाउँदा समर्थन पनि गर्नुहुन्छ । केही समय अगाडिसम्म कृष्ण सिटौलाजी त्यही गुटमा बस्नुभएको थियो । फेरि उहाँलाई अहिले यो विभागमा समर्थन गर्नुभएको छ । यो खाली हावाहावा व्यक्तिगत रुचिको कुरा त्यहाँ समुहगत रूपमा एक ढिक्का हुन सकेन । त्यसकारणले गर्दाखेरि उहाँले नेतृत्व दिन सक्नुभएन । त्यसैले यो विभाग गठनको लागि उहाँहरू लाग्नुभयो ।
अहिलेको अवस्थामा तपाईको पार्टीभित्र युवापुस्ताले नेतृत्व लिनुपर्छ र बुढापुस्ता अभिभावक भएर बस्नुपर्छ भन्नेपनि आवाज उठेको छ नि ?
युवापुस्ताहरूले नेतृत्वका लागि लाग्नुपर्छ । यो स्वभाविक कुरा हो । तर युवापुस्ता अघिपछि ठुला ठुला कुरा गर्छन्, जब चुनाव आउन थाल्छ, शिर कुन चाहिँ समुहमा लगे सुरक्षित भईन्छ भनेर यसो टाँसिन थाल्ने गर्छन् । गएको महाधिवेशनमा मलाई एउटा अनुभव छ । अहिले युवापुस्ता भनेर नारा लिएर हिँड्नेहरू सिटौला गुटबाट उम्मेदवार बन्ने, शेरबहादुर गुटमा उहाँ दाई हो भनेर लाग्ने, रामचन्द्र पौडेलकहाँ गएर जुन समुह भने पनि म यो गुटको हो भनेर त्यहाँ भोट माग्न जाने, यसरी जति पनि नेता छन्, सबैकोमा पुग्ने, मलाई आशिर्वाद चाहियो भन्ने, यस्तो गर्नेहरूले नीति के हो, कार्यक्रम के हो, एजेण्डा के हो, म कुन विषयलाई लिएर पार्टीलाई हाँक्छु भन्ने ती विषयहरू लिएर अगाडि बढ्नुपर्छ । चुनाव आएपछि एउटा गुटमा लागेर कसरी त्यसको सदस्य बन्ने, भएको परिस्थितिलाई कसरी नयाँ ढंगले अगाडि बढाउँछु भनेर अहिलेसम्म कोही युवा भन्नेहरूले कार्ययोजना बनाएका छैनन् । FILE PHOTO/ReportersNepal