काठमाडौं, २३ भाद्र । काठमाडौंमा कोरोना भाइरसको संक्रमणबाट वृद्धवृद्धाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले एक वृद्ध र एक वृद्धाको मृत्यु पुष्टि गरेको हो । मृत्यु हुने दुवैजना ८० वर्ष माथिका छन् ।
आज मृत्यु भएका कुल ६ जनामा दुई जना काठमाडौंका रहेका छन् । पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमणबाट दैनिक मृतकको संख्या बढिरहेको छ ।
मृतकको विवरण
१. काठमाडौंका ८५ वर्षीय पुरुष
२. काठमाडौंकी ८० वर्षीया महिला