Logo

विश्वमा सबैभन्दा पहिले कसले गरे श्राद्ध



हिन्दु धर्ममा पितृपक्ष वा श्राद्ध पक्षको धेरे महत्व हुन्छ । यस समयमा पितृलाई सम्झिन्छ । उनीहरुबाट आर्शिवाद लिइन्छ । धेरैलाई लाग्न सक्छ सबैभन्दा पहिले श्राद्ध गर्ने चलन कसले बसायो ? महाभारतकालमा श्राद्धको बारेमा जानकारी थियो जसमा भिष्म पितामहले युधिष्ठिरसँग श्राद्ध सम्बन्धि केही कुरा गरेका थिए । त्यसपछि श्राद्धको परम्परा विस्तारै विस्तारै बढ्दै गएको पाइन्छ ।

महाभारतका अनुसार सबैभन्दा पहिले महातप्सवी अत्रिले महर्षि निमीलाई श्राद्धको बारेमा उपदेश दिएका थिए । यसपछि महर्षि निमीले श्राद्ध सुरु गरेका हुन् । उनले गरेको देखेर अन्य ऋषिमुनिहरुले पनि आफ्ना पितृहरुलाई अन्न दिन थालेका थिए । लगातार श्राद्धको भोजन गरेर देवता र पितृहरु विस्तारै पुर्ण तृप्त हुन थाले ।

लगतार श्राद्धको भोजनले देवता र पितृलाई अजिर्ण रोग लागेपछि ब्रह्माजीकोमा गए र आफ्नो दुःख पोख्न पोखे । ब्रह्माले देवता र पितृहरुलाई अग्निदेवले तपाइँहरुको कल्याण गर्ने बताए ।

अग्निदेवले देवता र पितृलाई भने श्राद्धमा हामी सबै मिलेर भोजन गर्नेर्छौ । आफ्नो नजिक बस्नाले तपाइँहरुको अजीर्ण रोगपनि टाढा हुने आश्वसन दिए । अग्निदेवको कुरा सुनेर सबै खुशी भए । यसपछि सबैभन्दा पहिला श्राद्धको भोजन अग्निदेवलाई चढाए पछि मात्र देवता र पितृलाई दिइन्छ ।

शास्त्रमा हवन गरेर पितृलाई पिण्डदान गरिन्छ त्यसलाई ब्रह्माराक्षसले पनि दुषित बनाउन सक्दैनन् । यसैले श्राद्धमा अग्निदेवलाई देखेर राक्षसपनि भाग्ने उल्लेख गरिएको छ । अग्नीले हरेक चीजलाई पवित्र बनाउँछ । पवित्र खानाले देवता र पितृ दुवै प्रसन्न हुन्छन् ।

पिण्डदान सबैभन्दा पहिला पितालाई, त्यसपछि हजुरबुवा र पछि जिजुहजुर बुवालाई दिनु पर्छ । शास्त्रमा यसलाई श्राद्धको विधि भनिएको छ । पिण्डदान गर्दा एकाग्रचित्त भएर गायत्री मन्त्रर जप गर्दै गर्नुपर्छ ।

महाभारतको अनुसार श्राद्धमा तीन पिण्डको विधान छन् । पहिलो पिण्ड जलमा, दोस्रो पिण्ड पत्नी गुरुजनलाई दिने र तेस्रो पिण्ड अग्निलाई दिने । यो विधि पुरा गर्दा मानिसको सबै कामना पुरा हुन्छ । पितृ पक्ष वा श्राद्ध हरेक वर्ष भाद्रपदको शुक्ल पक्षको पुर्णिमाबाट सुरु भएर आश्विन कृष्ण पक्षसम्म हुन्छ । धार्मिक ग्रन्थको सहयोगमा



प्रतिक्रिया दिनुहोस्