Logo

कक्षा १२ को स्थगित परीक्षाः दशैं अघि परीक्षा गर्ने तयारी



काठमाडौं, २४ भाद्र । राष्ट्रिय परीक्षा बोर्डले सरकारले अनुमति दिए ३ हजार १ सय विद्यालयमा दशै अघि नै कक्षा १२ को परीक्षा सञ्चालन गर्न सक्ने दाबी गरेको छ । सय भन्दा कम विद्यार्थी रहेका ती विद्यालयमा दशै अघि परीक्षा लिनसक्ने बोर्डले दावी गरेको छ । सय भन्दा बढी विद्यार्थी भएका करिब १ हजार १ सय विद्यालयमा कोभिड–१९को नियन्त्रणको अवस्था हेरेर दशै लगत्तै र तिहारपछि परीक्षा लिन सकिने बोर्डले जनाएको छ ।

कोभिड–१९ को कारण स्थगित कक्षा १२ को परीक्षा गर्न तयार गरेको विकल्पमा कार्तिक लागेपछि हिमाली र केही उच्च पहाडी जिल्लामा परीक्षा लिन नसकिने निष्कर्ष बोर्डले निकालेको छ ।बोर्डका अध्यक्ष प्राडा चन्द्रमणी पौडेलले मन्त्रिपरिषदको बैठकले परीक्षाको विषयमा चाडै निर्णय गर्न आग्रह गर्नुभएको छ । उहांले भन्नुभयो–हामीसंग प्रशनपत्र उत्तरपुस्तिका तयारी अवस्थामा छ । विद्यालयमा पु¥याएर परिक्षा गर्न असम्भव देखिदैन ।

परीक्षा हुने सबै विद्यालय उच्च हिमाली र पहाडी जिल्ला कार्तिक पछि हिमाली र उच्च पहाडी जिल्लामा परीक्षा गर्न नसकिने सय भन्दा कम विद्यार्थी भएका विद्यालयमा होम सेन्टर कायम गरी स्वाथ्य मापदण्ड पुरा गरेर परीक्षा सञ्चालन गर्न कुनै समस्या पर्दैन–उहांले भन्नुभयो ।

उहाँले यो साताभित्र बोर्डले प्रतिवेदन बुझाएर मन्त्रालय मार्फत चाडै मन्त्रिपरिषदले स्वीकृत दिए दशै अघि परीक्षा लिन सकिने बताउनुभयो । तर अहिलेसम्म हेर्दै गरिएको प्रतिवेदन कहिले बुझाउने र दशै अघि परीक्षा लिने भन्ने विषयमा सम्भावना कम देखिएको छ । तीन दिन अघि बोर्डको बैठकमा मस्यौदाको विषयमा मत बाझिएको थियो । मत बाझिएपछि परीक्षा गर्ने मितिको विषय अन्योलमा परेको छ ।

अधिकांस सदस्यले अहिलेको अवस्थामा हचुवाको भरमा निर्णय गर्न नहुने बताएका थिए । उनीहरुले अध्ययन गरेपछि राय पेशगर्ने सोही आधारमा मन्त्रालयमा सिफारिस गर्ने बताएका थिए । बोर्डका अध्यक्ष प्राडा पौडेल र सदस्य सचिव दुर्गा अर्यालले तयार गरेको प्रतवेदनको विषयमा बोर्डका सदस्यसंग छलफल गरी त्यसको भोलिपल्ट मन्त्रालयमा पेशगर्ने योजना बनाएका थिए ।

अधिकांस सदस्यले मोडलको विषयमा अध्ययन गर्नुपर्ने बताएका थिए । सोही अनुसार बोर्डले सबैलाई प्रतिवेदन मेल गरिएको छ ।बोर्डका अध्यक्ष प्राडा पौडेलले बोर्ड सदस्यले अध्ययन गनुपर्ने भनेपछि केही दिन बिलम्ब हुने बताउनुभयो । उहांले भन्नुभयो– उहाहरुले अध्ययन गरेर राय दिनुहुन्छ, बैठक बसेर निर्णय गर्नेछौ । कोभिड–१९ को कारण स्थगित परीक्षा दशैअघि पहिलो र दशै पछि दुई गरी तीन चरणमा सम्पन्न गर्ने तयारी गरेको थियो ।

हरियो संकेत पाएका अर्थात कोरोना संक्रमित नभएका हिमाली उच्च पहाडी जिल्लामा पहिलो, पहेलो संकेत गरिएको अर्थात कम संक्रमित भएका जिल्लामा दोस्रो र संक्रमित बढेका रातो संकेत भएका उपत्यका सहितका जिल्लामा संक्रमण कम भएपछि चरणबद्ध रुपमा परीक्षा सञ्चालन गर्ने उल्लेख गरेको थियो ।

दशैअघि गर्ने तयारी गरेका थियौ त्यो सम्भव नहोला जस्तो छ–बोर्डका एक सदस्यले भने । बोर्डले तयार गरेको प्रतिवेदन मन्त्रालयमा पुग्न कम्तिमा पनि एक साता लाग्ने भएको छ । एक सातापछि असोज महिना शुरु हुन्छ । मन्त्रालयले अध्ययन गरी आफ्नो राय दिन समय लाग्ने र त्यसो गर्दा कम्तिमा पनि एक साता लाग्ने देखिएको छ । तर बोर्डका अध्यक्ष पौडेलले एक हप्ताभित्र सबै निर्णय गरी १५ दिनको सूचना जारी गरी परीक्षा लिन सकिने जिकीर गर्नुभयो ।

बोर्डले कक्षा १० को जस्तो विद्यालयलाईनै जिम्मा दिने विकल्प हटाएको छ । माध्यामिक तहको अन्तिम परीक्षा भएकोले केही अधिकार बोर्डसंग निहीत हुनुपर्ने तर्क सबैको रहेको छ । बोर्डले होम सेन्टर कायम गरी चरणबद्ध परीक्षा लिने विषयलाई उच्च प्राथमिकता दिएको छ । त्यसपछि ५० पुर्णाङकको प्रश्न निर्माण गरी ओपन वुक परीक्षालाई बढी जोड दिएको छ ।

ओपन बुक अन्तर्गत विद्यार्थीले प्रश्नपत्र पाएपछि घरमै बसेर परीक्षा दिने केही दिनभित्र उत्तर पुस्तिकालाई विद्यालयमा पु¥याउने र विद्यालयले परीक्षण गरी परीक्षण अंक बोर्डमा पठाउने उल्लेख छ । बोर्डले आवश्यकताको आधारमा विद्यार्थीको उत्तरपुस्तिका पुनः परीक्षण गर्ने व्यवस्था सहितको विकल्पलाई होमसेन्टर पछि कार्यन्वयन गर्ने पक्षमा बोर्ड रहेको खबर आजको समाचार पत्रले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्