Logo

बेलायतमा १४ सेप्टेम्बरबाट ६ जना भन्दा बढी भेटघाट गैरकानूनी



लण्डन, २४ भाद्र । बेलायत सरकारले कोरोना नियन्त्रणका लागि आगामी १४ सेप्टेम्बरबाट ६ जना भन्दा बढीको सामाजिक जमघटलाई गैरकानूनी भन्दै प्रतिबन्ध लगाएको छ । प्रधानमन्त्री कार्यालय १० डाउन स्ट्रिटकाअनुसार पछिल्ला दुई दिनमा कोरोना संक्रमितको संख्या तीन हजारको हाराहारीमा पुगेपछि ६ जना भन्दा बढीको जमघटलाई गैरकानूनी घोषणा गरेको विविसीले जनाएको हो ।

दिनानुदिन कोरोना भाईरस ९कोभिड(१९० संक्रमितको संख्या बढेपछि बेलायत सरकारले कडा कदम चाल्दै सामाजिक जमघटलाई सोमबारबाट गैरकानूनी घोषणा गरेको छ । प्रधानमन्त्री कार्यालयकाअनुसार यो प्रतिबन्ध घरभित्र र बाहिर सवै क्षेत्रमा लागु हुनेछ । यो नियम पालना नगर्नेलाई प्रहरीले कम्तिमा १ सय पाउण्डदेखि देखि बढीमा बत्तिस सय पाउण्डसम्म जरिबाना गर्न सक्छ ।

तर त्यो प्रतिबन्ध विद्यालय, कार्यक्षेत्र, कोरोना सुरक्षित विवाह, अन्तिम दाहसंस्कार र व्यवस्थित खेलकुदमा भने यो लागु हुने छैन ।बिबिसीकाअनुसार केही छिनमा सरकारले यसबारेमा विस्तृत विवरण सार्वजनिक गर्ने खबर आजको वीनेपालीले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्