Logo

हकप्रद निष्काशनको अनुमति माग्दै धितोपत्र बोर्ड पुग्यो नागरिक लगानी कोष



काठमाडौँ २४ भदौ। नागरिक लगानी कोष (CIT) हकप्रद निष्काशनको अनुमति माग्दै धितोपत्र बोर्ड पुगेको छ । कोषले १ बराबर ०.८२८४ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न बोर्डसँग अनुमति माग गरेको हो ।

त्यस अनुसार कोषले एक अर्ब ३५ करोड ९२ लाख ५९ हजाार २ सय रुपैयाँ बराबरको १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ । कोषले हकप्रद निष्काशनको माग गर्दै भदौ २२ गते गत सोमबार बोर्डमा निवेदन दिएको छ ।

कोषको हकप्रद विक्री प्रबन्धकमा आरबिबि मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

हाल चुक्ता पूँजी १ अर्ब ६४ करोड रुपैयाँ रहेको कोषको हकप्रद बिक्री गरेपछि कोषको चुक्ता पूँजी ३ अर्ब पुग्नेछ ।मेरोलागानी/File photo



प्रतिक्रिया दिनुहोस्