Logo

‘विद्युत प्राधिकरण कार्यकारी प्रमुखमा कुलमानलाई नै निरन्तरता दिईने’



काठमाडौं, २४ भदौ । उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई नै निरन्तरता दिनेगरि आफूले प्रस्ताव तयार पारेको र छिट्टै मन्त्रिपरिषद बैठकमा लगिने बताएका छन् । घिसिङको कार्यकाल यही भदौ २९ गते सकिँदैछ । घिसिङलाई नै निरन्तरता दिनेगरि मन्त्री पुनले प्रस्ताव तयार पारिएको यसअघि नै खुलासा गरेका थिए । मन्त्रिपरिषद बैठक भोलि बस्दैछ । घिसिङलाई कार्यकारी प्रमुखमा निरन्तरता दिनुपर्ने पक्षमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल पनि छन् । मन्त्री पुनले अध्यक्ष दाहालसँगपनि यसबारेमा परामर्श गरिसकेका छन् ।

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकका नियुक्ति छिट्टै हुन्छ: मन्त्री पुन



प्रतिक्रिया दिनुहोस्