Logo

लागूऔषध मुद्दाका फरार अभियुक्त पक्राउ



बारा, २४ भाद्र । लागूऔषध मुद्दाका फरार अभियुक्त एकजनालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध मुद्दाका फरार अभियुक्त कोल्हवी नगरपालिका सोनाभारका सनी भनिने गौरी शंकर चौधरीलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

कोल्हवी नगरपालिका श्रीपुरस्थित सडकमा भदौ १५ गते बिहान सवारी साधन जाँच गर्ने क्रममा सशस्त्र प्रहरी बलको टोलीलाई देख्नासाथ प्रदेश नं. ३–०१–०२२ च ८१३४ नम्बरको कार चालकले उक्त कार छाडी भागे पश्चात कार जाँच गर्ने क्रममा १ सय ६५ किलो अवैध लागूऔषध गाँजा फेला परेको प्रहरीले जनाएको छ । अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय कोल्हवीबाट खटिएको प्रहरीले उक्त घटनामा संलग्न उनलाई उनकै गाउँघरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्