Logo

उपत्यकामा एकैदिन ४६४ जना कोरोना संक्रमित थपिए



काठमाडौं, २४ भाद्र । काठमाडौं उपत्यकामा आज एकै दिन  ४ सय ६४ जना कोरोना संक्रमित थपिएका छन् । देशभर १ हजार ८१ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै  ४६४ सय जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले  ११ हजार  १ सय    ६७ जनाको पिसीआर परिक्षणमा  १ हजार ८१ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा ९१८  जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या  ३३ हजार  ८ सय ८२  रहेको छ । काठमाडौं उपत्यकामा थपिएका मध्ये काठमाडौंका  ३९४ जना र ललितपुरका  ३४ जना र भक्तपुरका  ३६ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या ४९ हजार  २ सय १९ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्