Logo

कंगना रनौटको बँगला नभत्काउन अदालतको आदेश



एजेन्सी, २४ भाद्र । कंगना रनौटको मुम्बई स्थित बंगलामा बुधबार नारकोटिक्स कन्ट्रोल ब्युरो (बिएमसी)ले अवैध निर्माण गरेको भन्दै भत्काउन शुरु गर्दा अदालतले रोक्न आदेश दिएको छ । आज विहान भवन भत्काउँदै गर्दा अदालतमा कंगनाले मुद्दा दायर गरेपछि नभत्काउन आदेश आएको हो ।

यसअघि भवन भत्काउने क्रममा उनको बंगलामा भारी मात्रामा प्रहरी तैनाथ गरिएको थियो । कंगनाले यस विषयमा कडा प्रतिक्रिया दिदै फासीवादको रुपमा वर्णन गरेकी थिइन् । उनले अब मुम्बई पाकिस्तान नियन्त्रित काश्मिर भएका बताएकी छिन् ।

उनको कार्यक्रम अनुसार आज उनी हिमाचल प्रदेशबाट मुम्बई प्रस्थान गरेकी छिन् । उता भने बिएमसीले उनको कार्यालयमा तोडफोड गर्न सुरु गरेको थियो । बिहान १०.३० बजेतिर बिएमसीको टिमले कंगनाको बंगलामा सुचना टासेको थियो । बिएमसीले ८ सेप्टेम्बरमा जारी गरेको सुचनाको खण्डन गर्दै कंगनाको वकिलले नागरिक निकायले लगाएको आरोप अस्विकार गरेका थिए । र कंगनाले पनि यसको जबाफ दिन अस्विकार गरेकी थिइन् ।

यसपछि आज नगरपालिकाको टिम प्रहरी बलको साथमा गएर अवैध रुपमा निर्माण बंगलालाई भत्काउन सुरु गरेको हो । कंगनाले ट्विटरमा फोटो सेयर गर्दै म कहिल्यै गलत छैन र मेरो दुश्मनले पटक–पटक प्रमाणित गरिदिन्छन् । यहि कारणले मेरो मुम्बई पीओके बन्न पुगेको छ । कंगनाले अर्को फोटोमा पाकिस्तान मात्र लेखेकी छिन् । यसमा कंगनाले डेथ अफ डेमोक्रेसीको ह्यासट्यागको प्रयोग गरेकी छिन् ।

कंगनाले आफ्नो घर कुनै अवैध निर्माण नगरिएको स्पष्ट पार्दै अगाडी भनेकी छिन्, ‘कोविड १९को कारण सरकारले ३० सेप्टेम्बरसम्म कुनै पनि ध्वस्त काममा प्रतिबन्ध लगाएको छ । बलिउड अब फासीवाद ।’



प्रतिक्रिया दिनुहोस्