Logo

देवरको कुटपिटबाट भाउजुको मृत्यु



भोजपुर, २५ भाद्र । घरायसी विवादमा देवरको कुटपिटबाट भाउजुको मृत्यु भएको छ । टेम्केमैयुङ गाउँपालिका ५, खावाका ३५ वर्षीय राजकुमार राईले ४८ वर्षीया भाउजु केशरमाया राईलाई मरणासन्न हुनेगरी कुटपिट गरेपछि केशरमायाको मृत्यु भएको हो ।

गत २२ गते राती घरायसी विवादमा राजकुमारले केशरमायालाई कुटपिट गरेका थिए । ज्यान जोगाउने क्रममा सुंगुरको खोरमा लडेर ज्यान गएको प्रहरीले जनाएको छ । रातको समय भएकाले उनको खोजी गर्दा नभेटिएपछि भोलीपल्ट बिहान २३ गते खोरमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक प्रदीप लामाले जानकारी गराए ।

राजकुमार राईलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान थालेको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको समाचार अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्